नेपालगन्जमा ‘स्क्रप टाईफुस' को सक्रमण
नेपालगन्जः अविरल बर्षापछि जमेको पानीबाट उत्पन्न भुसुनाले टोक्दा नेपालगन्जका ‘स्क्रप टाईफुस' को संक्रमण देखिएको छ ।
नेपालगन्जका ‘स्क्रप टाईफुस' नामक रोग संक्रमण अनुमान गर्दै चिकित्सकले थप परीक्षणको लागि एक नमुना केन्द्रीय प्रयोगशाला टेकु काठमाण्डौ पाएका छन् ।
जन स्वास्थ्य कार्यालय बाँकेका महामारी तथा रोग नियन्त्रण महाशाखाका फोकल पर्सन राम बहादुर चन्दले टाई फुसको आशंका गर्दै नमुना परिक्षणको लागि केन्द्रीय प्रयोगशाला पठाएको जानकारी दिए ।टिक नामक भुसुनाको टोकाईबाट सर्ने उक्त रोगको लक्षण देखिएपछि थप परिक्षण काठमाण्डौ पठाएको उनले बताए । उनले केही दिनमा रिपोर्ट आउने बताए ।
जमेको पानी नसुकेका कारण सरुवारोगको संक्रमण बढ्ने खतरा देखिएको चिकित्सकले औँल्याएका छन् । जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण फोकल पर्सन चन्दले जताततै पानी जमेका कारण रोगको संक्रमण हुन सक्ने खतरा औँल्याए । उनले भने, ‘जताततै पानी जमेको छ, दुर्गन्ध बढेर रोगको संक्रमण फैलिन सक्छ ।'
सतर्कता नअपनाएमा झाडापखाला, हैजा, टाइफाइड लगायतका रोग फैलन सक्ने खतरा उनले औँल्याए । नेपालगन्जमा हैजाको उच्च जोखिम रहेको बताए । फोहर पानी जमेका कारण लामखुट्टे र भुसुना बढ्ने फोकल पर्सन चन्दले बताए ।
उनले नेपालगन्जबासीलाई पानी उमालेर खान समेत अपिल गरेका छन् । ‘हेण्डपम्पमा पानी पसेर दुषित भएको छ, नउमालेर पिउँदा रोग लाग्न सक्ने सम्भावना बढेर गएको छ,'उनले भने । २०६७ र २०७० सालमा समेत पानीका कारण नेपालगन्जमा हैजाको महामारी फैलिएको थियो ।
फोहर पानी र अव्यस्थित ढलको कारण ३ बर्ष पहिले बाँकेमा हैजाको महामारी फैलिएको थियो । २०७० साउनमा फैलिएको हैजाको महामारीका कारण नेपालगन्जमा मात्रै १३ जनाका मृत्यु भएको थियो । भने, सयौँ विरामी परेका थिए ।
बाँके हैजा उच्च जोखिम रहेको कारण बाँकेको नेपालगन्ज–५, गणेशपुर तथा उढरापुर र सोनपुर गाविसका २७ हजार जनतालाई हैजा विरुद्धको भ्याक्सिनेसन गरिने तयारी समेत भइरहेको छ ।
उनले भने, ‘यो रोग नयाँ त होइन, तर बिरलै लाग्ने रोग हो ।'‘यो रोग मान्छेबाट मान्छेमा सर्दैन, ‘टिक’ नामक भुसुनाको टोकाईबाट मात्र सर्छ,' उनले भने, दुषित पानीका कारण भुसुनाको बृद्धि भई यो रोग लागेको हुनु पर्छ ।'
भेरी अंचल अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले पानी जमेका कारण नेपालगन्जमा लामखुट्टेको संख्या बृद्धि भई रोगको संक्रमण बढ्न सक्ने भन्दै सजग रहन सुझाव दिएका छन् ।
‘झुल लगाएर सुत्ने, साँझपख बाहिर हिडडुल नगर्ने र पानी उमालेर पिउन मेरो सुझाव छ,'उनले भने ।