सर्पको टोकाईबाट तराइका महिला पीडित

सर्पको टोकाईबाट तराइका महिला पीडित


सिरहाः सर्पको टोकाईबाट तराइमा सबैभन्दा बढी महिला प्रभावित हुनेगरेका छन् । सिरहाको चोहर्वास्थित श्री गोरख गणमा रहेको जयकाली सर्पदंश उपचार केन्द्रले २०७३ वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा दुईसय ८९ जना सर्पदंशका विरामीको उपचार गरेको छ । तीमध्ये अधिकांश महिला छन् । तराईमा गर्मी र वर्षा मौसममा विषालु सर्पको जोखिम बढी हुन्छ ।

केन्द्रको तथ्यांकअनुसार वैशाखदेखि असार मसान्त सम्मको तीन महिनाको अवधिमा आएका विरामी दुई सय ८९ मध्ये एक सय ७५ जाम महिला छन् । बैशाखमा ५४, जेष्ठमा एक सय ५ र असारमा एक सय २९ जना बिरामी उपचारका लागि आएका थिए । जसम्ध्य १९ जनामा विष फेला परेको थियो । साउन र भदौंमा यसको प्रकोष झन बढी हुने गरेको छ ।

केन्द्रका स्वास्थ्यकर्मी चिरञ्जिवी काँडेलका अनुसार तराइमा अझैपनि घरमैं शौचालयको सुविधा नहु“ने र भएपनि महिलाहरु रातको समयमा खेतवारीमा शौंच जाने चलन रहेकाले पनि महिलाहरु प्रभावित हुने गरेको हो । महिलाहरु रातको समयमा शौंच गएपनि लोकलाजका कारण उज्यालोको साधन बोकेर समेत नजादा यस्तो भएको उनको भनाई छ । त्यसैगरी सुत्नेवेलामा झुल नलगाउनले पनि धेरैलाई शर्पले टोक्ने गरेको बताइएको छ ।

विश्वसनीय उपचारकै कारण सिरहा सहित धनुषा, महोत्तरी, उदयपुर, सिन्धुली लगायतका जिल्लाबाट सर्पदंशका बिरामीहरु केन्द्रमा उपचारको लागि आउछन् । गणको हाताभित्र उपचारकेन्द्र रहेपनि २०६७ सालमा दर्ता भएपछि स्थानीय व्यवस्थापन समिति मातहतमा केन्द्र सञ्चालित छ । गणको प्राविधिक सहयोग र आवश्यक औषधी जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य विभागबाट जोहो हुने गरेको छ ।

 

पछिल्लो दिनमा सरकारी अस्पतालहरुमा सर्पदंश उपचारमा आवश्यक पर्ने एन्टिभेनम (सर्पको विष प्रभाव कम गर्ने सुई) अभाव र यहा“को छिटोछरितो, स्तरीय उपचारका कारण टाढा टाढाका विरामी आउने गरेको केन्द्रले जनाएको छ । स्तरीय उपचारले पनि केन्द्र प्रति विश्वास बढेको हो । एन्टिभेनम सरकारले निःशुल्क उपलब्ध गराएको हुँदा समिति मार्फत गरिद गरिएको आवश्य औषधी खरिद मूल्यमै विरामीलाई उपलब्ध गारने गरेको केन्द्रले जनाएको छ ।

नेपालमा पाइने ७९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका सर्पमात्र विशालु छन् । स्वास्थ्यकर्मीका अनुसार विषालु सर्पले टोक्दा समेत एक सय जनामध्ये १० जनामा मात्र विष लाग्दछ । विषालु सर्पले डसेका बिरामी समयमै उपचारमा पुगे थोरै औषधीमा पनि निको हुन्छ । बिरामीको अवस्था हेरी अहिलेसम्म थौरेमा ६ र धेरैमा ५६ भाइलसम्म एन्टिभेनमको प्रयोग हुने गरेको स्वास्थ्यकर्मी कँडेलले जानकारी दिए ।

उपचारकेन्द्रका अनुसार भेण्टिलेटरको सुविधा नभएकाले भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने गम्भिर प्रकृतिका बिरामीलाई मात्र बाहिर रेफर गर्दै आएको छ । समय समयमा आवश्यकक्ता अनुसार सेनाकै चिकित्सकहरु आएर तालिम, गोष्ठि गरी उपचारकेन्द्रका स्वास्थ्यकर्मीहरुको दक्षता अभिवृद्धि गर्दै गरिन्छ ।
सानो ठाउमा उपचार गर्नुपर्ने भएकोले कतिपय अवस्थामा समस्या हुने गरेको सर्पदंश केन्द्रको भनाई छ । आठ शैया मात्र रहेको केन्द्रमा जेठ देखि भदौको बेला एउटै शैयामा दुई दुईजना गरी राख्दापनि नभएपछि भूइमा राखेर उपचार गर्नुपर्ने वाध्यता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.