बाढी हेर्दै रातभर जाग्राम

बाढी हेर्दै रातभर जाग्राम

खाँदबारीः निरन्तरको वर्षासँगै नजिकैको खोलामा आएको बाढीले बगाउने त्रासले बाह्रबिसे क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । सयौं परिवार रातभर सुत्दैनन् । स्थानीय विकास तामाङ भन्छन्, ‘बर्सेनि बाढीले सताउँछ, कुन दिन बगाउने हो टुंगो छैन । २०६९ असोज १५ गते गएको बाढीपहिरोले एकजनाको ज्यान लियो, पाँच करोडभन्दा बढीको सामग्री, अन्नबाली र घरजग्गा बगायो, ४० भन्दा बढी परिवार विस्थापित बने ।'

सदरमुकाम खाँदबारीदेखि एक दिनको पैदल टाढाको दूरीमा रहेको बाह्रबिसे बजारका बासिन्दा आकाशमा कालो बादल देख्नासाथ डराउने गर्छन् । बाह्रबिसे-५ का सुवास तामाङ आफूले थाहा पाएदेखि नै बाढीले बजार बगाउने गरेको बताउँछन् । उनीले बजार संरक्षणका लागि खोलामा तटबन्द लगाउन कसैले सहयोग नगरेको आरोप लगाए । बस्तीभन्दा पाँच किलोमिटरमाथि रहेको टुरमालिन चट्टान भएको तितेखानी २०५५ सालमा उत्खनन गरेपछि पहिरो आउने क्रम बढेको उनीहरू बताउँछन् ।

 

 

 खानी उत्खनन रोक्न प्रयास गरे पनि रोक्न नसकेको स्थानीयको भनाइ छ । बर्सेनि बाह्रबिसे बजारलाई बाढी पहिरोले दुःख दिने गरेको छ । बाह्रबिसे-७ सनेममा गएको पहिरो रोकथाम गर्न नसक्दा बजार थप जोखिममा परी सयां परिवार विस्थापित बन्नु परेको बाह्रबिसे-५ का भोला कालाखेतीले बताए ।
ह्याकुले खानीको माटो याक्सुवा हुँदै सभाखोलामा आउन थालेपछि बाह्रबिसे बजार र टुवागाउँ खतरामा परेको हो । बाह्रबिसे बजार पहिरोले विस्थापित बनाउन लाग्दासमेत राज्यले चासो नदिएको बाह्रबिसे४ का मणिराज कालाखेतीले गुनासो गरे ।

सभाखोला र भोटीखोलाको बीचमा रहेको बाह्रबिसे बजार सयौं वर्षदेखि अवस्थित रहेको जानकार बताउँछन् । लङखुवा, पिखुवा, याक्सुवा खोला यसै क्षेत्रबाट मि श्रण भई बग्ने भएकाले पनि खतरा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.