साओमिका फोन अब नयाँ मूल्यमा

काठमाडौं: साओमीको नेपालका लागि आधिकारीका बिक्रेता भत्सल इम्पेक्स प्रालिले साओमीका फोनको मूल्य घटाएको छ । बजारमा पाएको सफलता र ग्राहकको बढ्दो मागलाई मध्य नजर गर्दै कम्पनीले एमआई सिरिजका फोनको मूल्य घटाएको हो ।
नयाँ मूल्य तोकिएसँगै २४ हजार पाँच सय रुपैयाँ भएको एमआई ४ को मूल्य १८ हजार नौ सय ९९ भएको छ । यो फोनमा ५ इन्चको आईपीएस एलसीडी स्क्रिन रहेको छ । २.५ गिगाहर्ज क्वाडकोर क्वालकम स्न्यापड्रायागन ८०१ प्रोसेसर रहेको यो फोनमा ३ जीवी र्याम र १६ जीवी रोम छ ।
१३ मेगा पिक्सेलको मुख्य क्यामरा रहेको यो फोनमा ८ मेगा पिक्सेलको सेल्फी क्यामरा रहेको कम्पनीले जनाएको छ । एन्ड्रोएड ४.४ रहेको यो फोनमा झिक्न नमिल्ने तीन हजार ८० एमएएचको ब्याट्री छ । यस्तै ५ इन्चको आईपीएस एलसीडी स्क्रिन, १.८ गिगाहर्ज हेक्सा कोर क्वालकम स्न्यापड्रायागन ६५० प्रोसेसर, २ जीवी र्याम र १६ जीवी रोम, १६ मेगा पिक्सेलको मूख्य क्यामरा, ५ मेगा पिक्सेलको सेल्फी क्यामरा रहेको ‘रिडमी नोट ३' को मूल्य।
घटेर २४ हजार नौ सय ९९ र ३ जीवी र्याम र ३२ जीवी रोम रहेको ‘रिडमी नोट ३' अब २७ हजार नौ सय ९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी फोन एमआई डिलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
