सरकारको डिजाइन तयार गर्न पेरिसडाँडामा प्रचण्डसहितको विशेष बैठक

सरकारको डिजाइन तयार गर्न पेरिसडाँडामा प्रचण्डसहितको विशेष बैठक

काठमाडौं : सरकार संचालनको योजना र रणनीति गर्न नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बिहीबार बिहानदेखि पेरिसडाँडामा बैठक बसेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बसेको बैठकमा पार्टीका पदाधिकारी तथा सचिवालय सदस्यहरु सहभागी छन् । सरकारमा जाँदा अपनाउनुपर्ने रणनीति, कांग्रेससँगको सहकार्यका सिमा र संभावनासँग अपनाउनुपर्ने सतर्कता, एमालेसँगको बढ्दो दुरी र विगतको सहकार्यको समीक्षा र सरकार संचालनमा आउनसक्ने संभावित चुनौतीबारे छलफल भइरहेको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले माओवादीको नेतृत्वमा बन्ने सरकारलाई प्रभावकारी बनाउने र संविधानको कार्यान्वयनलाई सहमतिका साथ अघि बढाउने विषयमा छलफल केन्द्रित हुने बताइन् ।

बैठकमा पहिलो संविधानसभाको निर्वाचनपछि बनेको सरकारको जस्तो अवस्था नआवोस् भन्नेतर्फ नेतृत्वलाई सचेत गराइरहेका छन् । प्रचण्ड स्वयमले पनि विगतका घट्नाक्रमबाट आफूले पाठ सिकेको बताउँदै अब त्यस्तो स्थिति नदोहोरिने बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.