इन्टेलेक्चुअल नेपाल मोडल युनाइटेड नेसन सम्पन्न

काठमाडौं: नामी कलेलमा आयोजित इन्टेलेक्चुअल नेपाल मोडल युनाइटेड नेसन छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न विद्यालयमा ए लेभल, प्लसटु, सीबीएसईमा अध्ययनरत ८० विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रमको पहिलो दिन पूर्वउपरास्ट्रपति परमान्द झा उपस्थित थिए । दोस्रो दिन ग्रोथ ह्याक एसियाका कन्ट्री म्यानेजर अबदुस मिया उपस्थित रहेको कलेजले जनाएको छ । कार्यक्रमको अन्तिम दिनमा नामी कलेजका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्मा सहभागी थिए ।
कार्यक्रममा सुरक्षा परिषद् र निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा परिषद् बनाई विश्वव्यापी चासोको विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय समस्या तथा कूटनीतिको महत्त्व तथा नेतृत्व विकास, सञ्चार क्षमता विकासबारे छलफल भएको कलेजले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
