मन्त्री छान्न माओवादी केन्द्रले यस्तो मापदण्ड बनायो

मन्त्री छान्न माओवादी केन्द्रले यस्तो मापदण्ड बनायो

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारका मन्त्री छनोट गर्ने भएको छ ।

पार्टीको आज यहाँ बसेको केन्द्रीय कार्यालयको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने मन्त्री छनोटको मापदण्ड तयार पारेको हो ।

नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र माओवादीमा समेत मन्त्रीको चाहना राख्ने आकाङ्क्षीहरु बढिरहेको कारण मापदण्ड बनाइएको माओवादीले जनाएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी योग्यता, क्षमता तथा कार्यअनुभव भएका सबैलाई ध्यान दिएर मन्त्री छनोट गरिने छ । मापदण्ड बनाइए पनि मन्त्री भने छनोट नभएको उनको भनाइ छ ।

यस्तै नयाँ सरकारको प्राथमिकता, मुलुकको समस्या एवम् समाधानको उपाय, गठबन्धनको प्राथमिकतालगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो ।

सरकारको काम कारबाही र प्राथमिकताका विषयमा टुङ्गो लगाउन नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको कार्यदल गठन गरिएको छ । सोही कार्यदलको प्रतिवेदनका आधारमा छलफल भएको बताइएको छ । सो कार्यदलमा काँग्रेसका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक सदस्य छन्


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.