थाई नेपाली समाजलाई सम्मान

थाई नेपाली समाजलाई सम्मान

काठमाडौंः यो वर्ष ‘सेवा पुरस्कार-नेपाल'बाट थाई नेपाली समाज सम्मानित भएको छ । भूकम्प पीडित मेलम्चीको माझी गाउँको पुनःनिर्माणको कदर गर्दै कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले उक्त पुरस्कार एवं सम्मान थाई नेपाली समाजलाई प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले समाजका उपाध्यक्ष कुमार कार्कीलाई ५१ हजार राशिसहित कदरपत्र प्रदान गरेका थिए । थाई नेपाली समाजले २०७२ सालमा गएको भूकम्पबाट पीडित सिन्धुपाल्चोकको मेलम्चीस्थित माझी गाउँको पुनःनिर्माण गरेको छ । समाजले त्यहाँका बासिन्दालाई घर निर्माण गरी सहयोग पु¥याएको छ ।

पूर्वराष्ट्रपति यादवले प्रवासमा रहेर नेपालको सेवा पुयाएको भन्दै समाजको सह्राना गरेका थिए । देशलाई असल मान्छेको सधैं खाँचो रहेको उनको भनाइ थियो । यादवले नेपाली मिलेर जानुपर्नेमा जोड दिएका थिए । आफू राष्ट्रपति हुँदाको बेला स्मरण गर्दै उनले भने, ‘मैले मधेसी र पहाडी मिलेर जाऔं भनेको थिएँ । देशमा विभाजन नहोस् भनेर त्यस्तो भनेको थिएँ ।' आफ्नो भनाइको गलत व्याख्या गर्ने प्रयास गरिएको भन्दै खिन्नता व्यक्त गरे ।

समाजका उपाध्यक्ष कार्कीले आफू जहाँ बसे पनि नेपाली भएको र नेपाललाई सहयोग गर्न सधैं तत्पर भएको बताए । जिन्दगीमा कहिल्यै पनि नेपाल नआएको भए पनि गत वर्षको भूकम्पले नेपाली पीडित भएको सुनेर तुरुन्तै सहायता राशि लिएर उनी नेपाल आएका थिए ।

नेपालमा कष्ट परेको बेला आफूहरू चुप बस्न नसक्ने भन्दै उनी निकै भावुक बनेका थिए । उनले सम्मानबाट आफूलाई हौसला मिलेको भन्दै कृतज्ञता प्रकट गरेका थिए । यसैगरी गुठीका सदस्य सचिव एवं चिन्तक चिन्तामणि योगीले यो बेला पहाडी र मधेसी, यो वा त्यो भनेर विभाजन हुनु दुःखद भएको बताउँदै सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा हरि मञ्जु श्री, प्रा. डा. सुरेन्द्र केसी, भीमबहादुर कार्कीलगायतले बोलेका थिए । बद्रीविक्रम चरित्र निर्माण पुरस्कार हिन्दु विद्यापीठ दाङका छात्र निशान्त वलीलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.