पशु विकास मन्त्रीको गाडिमा एम्बुलेन्स ठोकियो
दमौलीः पशु विकास राज्यमन्त्री नरदेवी पुन सवार जीपमा एम्बुलेन्स ठोकिएको छ ।
्व्यास ८ कन्टारस्थित पृथ्वी राजमार्गमा मन्त्री सवार काठमाडौँबाट म्याग्दी जाँदै गरेको बा २ झ १९७६ नम्बरको जीप र म्याग्दीबाट काठमाडौँ जाँदै गरेको बा १३ च ३५८७ नम्बरको एम्बुलेन्स ठक्कर खाएका हुन् ।
घटनामा कुनै मानवीय क्षति नभए पनि एम्बुलेन्समा क्षति पुगेको छ । मन्त्री सवार सवारीमा भने खासै क्षति नपुगेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए ।