आइटीएफ तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन नेपालाई कांस्य
लन्डनः बेलायतको ब्राइटनमा जारी १८ औं एडल्ट र सिनियर तथा १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसीपमा बिहिबार नेपालका लक्ष्मण बस्नेतले कांस्य पदक जितेका छन् ।
भेट्रानतर्फ ६४ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेका लक्ष्मणले पहिलो खेलमा आएरल्याणका खेलाडीलाई ५–२ ले हराएका थिए । सेमिफाइनलमा उनी पोल्याण्डका खेलाडीसँग ४–२ ले पराजित भए ।
च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले भाग लिएका छन् ।लक्ष्मण तेक्वान्दो आइटीएफ नेपालका अध्यक्ष एवं अन्तर्रास्ट्रिय प्रशिक्षक तथा रेफ्रीसमेत हुन् । उनले प्रतियोगिताको जुनियर तथा सिनियर प्रतियोगितामा रेफ्री का भूमिका पनि निर्वाह गर्नेछन् ।
लक्ष्मण आइटीएफ तेक्वान्दोमा नेपाललाई पहिलो पटक अन्तर्रास्ट्रिय पदक भित्र्याउने खेलाडी पनि हुन् । यसअघि उनले सन् २००४ मा मलेशिया ओपनमा कांस्य पदक जितेका थिए । नेपालका अन्य खेलाडी सस्मन बस्नेत, घनश्याम आचार्य खत्री, रघुनाथ बस्नेतको खेल सुक्रबार हुनेछ ।