खुला खाने दूधमा अत्यधिक सोडा र पानी

खुला खाने दूधमा अत्यधिक सोडा र पानी

काठमाडौं: बालकदेखि वृद्धवृद्धासम्म र बिरामीका लागि अमृत र पोषिलो पेयजन्य पदार्थ मानिने दूध नै गुणस्तरहीन भेटिएको छ । पशुपन्छी मन्त्रालयको टोलीले हालै उपत्यकाका तीन जिल्लामा गरेको विशेष अध्ययनको क्रममा दूधमा अत्यधिक परिमाणमा पानी र सोडियम कार्वोनेट मिसाइएको फेला परेको हो ।

मानव स्वास्थका लागि अति महत्त्वपूर्ण पोषण पदार्थ मानिएको दूधकै कारण थप कुपोषण हुने र विभिन्न प्रकारका रोग लाग्न सक्ने सरकारले निश्कर्ष निकालेको छ । खाद्य ऐन विपरीत बढी नाफा कमाउने उद्देश्यका साथ उपत्यकाका गल्ली र चोकमा खुलेका साना दूध डेरी र पसलमार्फत बिक्री हुने पोके दूध गुणस्तरहीन अवस्थामा भेटिएको हो ।

यसैगरी दूधमा हुनुपर्ने चिल्लो रहितको ठोस पदार्थ (एसएनएफ) र चिल्लोपना (फ्याट) को उपस्थिति पनि मापदण्ड विपरीत भेटिएको छ । अमृत समान दूधमा मिसावट भएको पाइएपछि मन्त्रालयले साना दूध डेरी र पसलविरुद्ध कडा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

‘सय लिटर दूधमा ४६ लिटरसम्म गुणस्तरहीन पानी मिसाइएको पाइएको छ', मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले भने, ‘मानव स्वास्थ्यका लागि पोषणयुक्त पेय पदार्थ मानिने यस्तो दूध सेवनबाट झनै कुपोषण हुने र विभिन्न प्रकारका रोग लाग्ने सम्भावना देखियो । त्यति मात्रै होइन, स्वास्थ्यलाई हानि गर्ने सोडियम कार्वोनेट पनि मिसाइएको पाइएको छ ।'

दूधमा तीन प्रतिशत चिल्लोपना र आठ प्रतिशत चिल्लोरहीत ठोस पदार्थको उपस्थिति हुनुपर्छ । तर, दूधमा २.९ प्रतिशतसम्म चिल्लोपना र ५.३ प्रतिशतसम्म चिल्लोरहितको ठोस पदार्थ पाइएको छ । प्रतिलिटरमा ४६ प्रतिसतसम्म बाहिरीरूपमा गुणस्तरहीन पानी मिसाइएको छ ।

 

खाद्य विभागमा परीक्षणका लागि पठाइएका दूधका १४ वटा नमुनामध्ये काठमाडौंको काभ्रे डेरी, धमला डेरी प्रडक्ट, मिलन चोक दूध पसल र खरिबोट दूध भण्डारको दूधमा अत्यधिक परिमाणमा सोडियम कार्वोनेट मिसाइएको फेला परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार खाद्य ऐनअनुसार दूधमा कुनै पनि बाहिरी तत्त्व मिसाउन पाइँदैन । सोडियम कार्वोनेटयुक्त दूध सेवन गर्दा ब्लड प्रेसर उच्च हुने, झाडा पखाला हुने, फुड प्वाइजन हुने, पाचन प्रणालीमा असर गर्ने, मृगौलामा असर पुर्‌याउनेलगायतका समस्या देखापर्छ ।

केन्द्रीय गाई भैंसी प्रवद्र्धन कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा.रेशम ज्ञवालीका अनुसार दर्ता बिना सञ्चालनमा रहेका यस्ता टोलपिच्छे साना डेरी र पसलबाट उत्पादित दूधको अवस्थामा अत्यन्तै दयनिय अवस्थामा भेटिएको छ । ‘कम लगानीमा सञ्चालनमा रहेका यस्ता डेरी र पसल सञ्चालकले आफै दूध खरिद गर्दै आएका छन्', डा ज्ञवालीले भने, ‘संकलिन दूधमा बाहिरी तत्त्व मिसाउने र त्यसपछि तताएर हातले पोका बनाएर उपभोक्तालाई गुणस्तरहीन दूध बिक्री गर्दै गरेको पाइएको छ ।'

मन्त्रालयको विशेष टोलीले काठमाडौंका ५१, ललितपुरका ४३ र भक्तपुरका ५२ वटा साना डेरी पसल गरी एक सय ४६ वटामा अनुगमनका साथै सूक्ष्म अध्ययन गरेको थियो । डेरी र पसलको अनुगमन पश्चात टोलीले काठमाडौंबाट ४१, ललितपुरबाट ३६ र भक्तपुरबाट २९ वटा नमूना संकलन गरेको थियो ।

सचिव पौडेलका अनुसार दूधमा मिसावट छ वा छैन भनेर संकलित नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, भेटेरीनरी जनस्वास्थ्य कार्यालय र भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्था कार्यालयमा पठाइएको थियो ।

अध्ययनका क्रममा उत्तमतर्फ काठमाडौंको सात र भक्तपुरको चारवटा डेरीमात्रै परेका छन् । त्यसैगरी मध्यमतर्फ काठमाडौंका २०, ललितपुरका २६ र भक्तपुरका ३५ वटा डेरी परेका छन् । यस्तै कमसलतर्फ काठमाडौंका २४, ललितपुरका १७ र भक्तपुरका १३ वटा डेरी परेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.