खोर्लामा फलिएको रोग नियन्त्रण भएन

खोर्लामा फलिएको रोग नियन्त्रण भएन

गोरखाःगोरखाको दुर्गम खोर्लागाउँमा दुई सातादेखि फैलिएको रुघाखोकी तथा झाडापखाला रोग अझै नियन्त्रणमा आएको छैन । रोगले गाउँका प्रायः सबै बिरामी भएको स्थानीय विपना गुरुङले जानकारी दिइन् ।

‘घरैपिच्छे बिरामी छन्', उनले भनिन् ‘म त गाउँ छाडेर हिँडे ।' प्रत्येक घरका दुईतीनजनासम्म बिरामी भएको उनले बताइन् । उहिया गाविसको वडा नं २ र ३ मा एक सय १६ घर छन् । ‘जुन घरमा पनि दुईतीनजना सुतिरहेका छन्', उनले भनिन्, ‘माछाखोला स्वास्थ्यचौकी र उहिया स्वास्थ्यचौकीबाट डाक्टर त आएका थिए तर ठीक भएको छैन । अहिलेसम्म घटेको छैन । बढिरहेको छ ।' स्वास्थ्यकर्मी दुई दिन बसेर फर्किएका उनले बताइन् ।

‘गत साता स्वास्थ्यकर्मी खोर्लागाउँमा गएका थिए । उनीहरू उपचार गरेर दुई दिनपछि फर्किए । तर अझै ठीक भएको छैन । बिरामी बढिरहेका छन्', अर्का शिक्षकसमेत रहेका स्थानीय छिरिङदोर्जे गुरुङ भन्छन्, ‘बिरामीलाई रुघाखोकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने, पखाला लाग्ने भइरहेको छ ।' प्रसस्त औषधि बोकेर गोरखा सदरमुकामबाट स्वास्थ्यकर्मी त्यसतर्फ जानुपर्ने स्थानीवासीले माग गरेका छन् ।

रोग थपिएपछि पहिलेदेखि अन्य रोग लागेका दुईजनाको मृत्यु भएको विपनाले बताइन् । बिहीबार मन्थल गुरुङको र साउन एक गते सुन्दानी गुरुङको मृत्यु भएको उनले बताइन् ।

 

 

जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानी भने बिरामीहरू आफैं स्वास्थ्य संस्था जानुपर्ने बताउँछन् । ‘सँधै स्वास्थ्यकर्मी घरघर जान सक्दैनन्', उनी भन्छन्, ‘केही समयअघि गाउँमा गएको थियो । घरघर पनि पुगेको थियो तर संधै स्वास्थ्यकर्मी घरघर जान सक्दैनन् । महामारीमा मात्र जान्छन् ।'

गाउँले भने बिरामी स्वास्थ्य संस्था जान नसक्ने बताउँछन् । ‘अरू बेलामा पनि खोर्लाबाट उहिया हेल्थपोस्ट जान तीन घन्टा लाग्छ । माछाखोला हेल्थपोस्ट जान पनि तीन घन्टै लाग्छ' छिरिङ दोर्जे गुरुङ भन्छन्, ‘अहिले त पहिरोले बाटो हिँड्नै नसक्ने गरी भत्काएको छ । पहिरो छल्दैछल्दै हिँड्न बिरामी कसरी सक्छन् ? ' गाउँको फोहर मुहानको पानीले सबैजना बिरामी भएको उनले बताए ।

लाप्राकका बालबालिकामा खटिराको संक्रमण

लाप्राकका बालबालिका घाऊ खटिराबाट संक्रमित भएका छन् । गाउँका सबै बालबालिका घाऊखटिराबाट पीडित भएका स्थानीय स्वास्थ्य कार्यकर्ता यमकुमारी गुरुङले बताइन् । ‘एक महिना भयो यस्तो भएको', उनले भनिन्, ‘सबै बालबालिकालाई घाऊखटिरा आएको छ ।' झुसिलकीराको झुस बिझेर सबै बिरामी भएको उनले बताइन् ।

‘भुईंभरि झुसिलकीरा छन्', उनी भन्छिन्, ‘कोदालोले खनेर फाल्नुपर्छ । ठूला मान्छेलाई पनि चिलाउँछ । तर खटिरा आएको छैन । बालबालिकाले चाहिँ कन्याएर खटिरा बनाउँछन् ।' कन्याएर भएको घाउ फोहरका कारण झन् बढ्ने गरेको उनले बताइन् ।

स्थानीय शिक्षक धनबहादुर गुरुङका अनुसार जेठको अन्तिम सातादेखि बालबालिकामा घाऊ खटिरा फैलिएको हो । ‘औषधि उपचार त भएको छ तर निको भएको छैन', उनी भन्छन्, ‘घाऊ बनाउँछन् अनि फोहर गर्छन् । औषधि गरे पनि निको भएको छैन ।' एकपटक निको भएकालाई पनि दोहोरिरहेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका महामारी शाखा प्रमुख नानीबाबु दानीले लामो समयदेखि लाप्राकका बालबालिका बिरामी भएको जानकारी पाएको बताउँदै स्थानीय स्वास्थ्य संस्थाबाट उपचार गराइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.