अन्तर्राष्ट्रिय मिडियामा यसरी छाए ओली

अन्तर्राष्ट्रिय मिडियामा यसरी छाए ओली

अविश्वास प्रस्ताव आएपछि राजीनामा दिएका नेपालका ३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीको चर्चा कम थिएन नेपालमा । उनले सुरु गरेका केही राम्रा कामको प्रशंसा गर्दै नेपाली युवाले ‘ओलीका लागि हैन भोलिका लागि' भन्ने नारा पनि निकालेका थिए । तर, नेपाली कांग्रेस र माओवादीले समर्थन फिर्ता लिएपछि ओलीले राजीनामा दिने क्रममा गरेको भाषण निकै चर्चित बन्यो । नेपालमा मात्रै हैन, अन्तर्राष्ट्रिय मिडियामा पनि उनी निकै छाए । केही उदाहरणः

राम्रो काम गरेकामा दण्डित गरियो, टाइम्स अफ इन्डिया

आफूलाई एक सय ७७ वर्ष पुरानो मिडियाका रूपमा पहिचान बनाएको बताउँछ ‘द टाइम्स अफ इन्डिया', जसअनुसार सन् १८३८ को नोभेम्बर ३ मा यसको स्थापना भएको हो । भारतको एक प्रभावकारी मिडियाका रूपमा स्थापित भएको मिडियाले नेपालको राजनीतिलाई निकै चासोका रूपमा हेर्दै आएको छ ।

यसले प्रधानमन्त्री ओलीले राजीनामा गरेपछि ‘मैले राम्रो काम गरेबापत मलाई दण्डित गरिएको हो' भन्ने हेडलाइनसहितको समाचार प्रकाशित गरेको थियो । साथै समाचारमा ओलीले कांग्रेस र माओवादीलाई आफ्नो सरकारविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएको, ओलीले गरेको प्रतिबद्धता पूरा नगरेको उल्लेख गरेको छ ।

ओलीले नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्काएको र ओलीकै भाषामा मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने धारणा पनि सो पत्रिकाले उल्लेख गरेको छ ।

काम गर्न असफल भएको आरोप, न्युयोर्क टाइम्स

राजनीतिक गतिरोध अन्त्य गर्न तथा बाधा अड्काउ फुकाउका लागि बाटो खोलिदिने र प्रधानमन्त्री तहबाट राजीनामा गर्ने घोषणा ओली आफैंले गरे पनि राजीनामा नदिएको र त्यसपछि प्रतिपक्षी दलको कडा आलोचना ओलीले खेपेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ ।

त्यस्तै उनको नौमहिने कार्यकालमा भूकम्पपछिको पुनःनिर्माण र भारतसँगको सम्बन्धबारे चर्चा भएका विषयहरू पनि उल्लेख गरेको छ । उनलाई दुई ठूला दल माओवादी र नेपाली कांग्रेसले ओलीको सरकार काम गर्न असफल भएकोलगायत ओलीको कार्यकालमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारविरोधी आरोप लगाएर फिर्ता बोलाइएको पनि उल्लेख गरिएको छ ।

२८७ दिनका प्रधानमन्त्री, हिन्दुस्तान दैनिक

भारतको अर्को पत्रिका हिन्दुस्तान दैनिकले ओलीलाई कुल दुई सय ८७ दिन प्रधानमन्त्री बनेको बताएको छ । उनले विश्वासको मतदान हुनुअघि नै राजीनामा दिएको भनेर प्रकाशित गर्नुका साथै प्रचण्डलाई सरकार गिराउने खेलमा लागेको भनेर गाली गरेको भन्ने पनि उल्लेख गरेको छ ।

यसले ओेलीलाई विरोधीहरूलाई भड्काएको टिप्पणी गरेको छ । ओलीले पदमा बस्नु या हट्नु महत्त्वपुर्ण कुरा नभएको भन्ने अभिव्यक्ति दिँदै लोकतन्त्र सफल बनाउन र संविधान कार्यान्वयन गर्न चाहेको धारणा राखेकोलाई महत्त्व दिएको छ ।

ओलीको वृत्तान्त, अलजजिरा

मध्यपूर्वी न्युज टेलिभिजन अलजजिराले भने हार निश्चित भएपछि मात्रै ओलीले पदत्याग गरेको टिप्पणी गरेको छ । यसले ओलीको जीवनचर्चा प्रसारण गर्दै सन् १९५२ को फ्रेबुअरीमा जन्मिएको, १९७० मा नेपाल कम्युनिस्ट पार्टीमा स्थानीय कम्युनिस्ट नेताबाट प्रभावित भएर राजनीतिमा लागेको आदि उल्लेख गरेको छ ।

संसद्मा ओलीले राखेका धारणालाई कोट गर्दै चौध वर्ष जेलमा बिताएको, दुई दशकभन्दा लामो समय राजनीतिमा बिताएको आदि उल्लेख गरेको छ । ओलीले नयाँ संविधानले नेपालमा स्थिरता ल्याउँछ कि ल्याउँदैन भनी गरेको प्रश्नलाई पनि महत्त्वका साथ स्थान दिएको छ । सरकारमा रहँदा ओलीले निकै आलोचना खेपेको पनि भन्न भ्याएको छ ।

मधेसीका माग बेवास्ताको आरोप, रोयटर्स

रोयटर्सले उल्लेख गरेअनुसार गणतान्त्रिक नेपालले सेप्टेम्बरमा जब नयाँ संविधान घोषणा गर्‌यो, त्यसमा मधेसी जनताका विषयलाई बेवास्ता गरिएको भनिएको छ ।

मधेसी दलहरूले संघीय राज्यमा उनीहरूका लागि उचित स्थान नदिएको र उनीहरूको क्षेत्र टुक्र्याएको आरोप लगाई विरोध गरिरहेकोलाई रोयटर्सले प्राथमिकता दिएको छ । ओली प्रधानमन्त्री बन्ने समयमा तराईको मुद्दा सुनुवाइ गर्ने र भूम्पका कारण घरबारविहीन भएकालाई सहयोग गर्ने विश्वास दिलाए पनि उनले त्यस्तो नगरेको भन्ने आरोप लागेको बताइएको छ ।


हिन्दुस्तान टाइम्समा नाकाबन्दी चर्चा

संसद्ले अविश्वास प्रस्तावमा मतदान गर्नुभन्दा केही मिनेट अगाडिमात्रै प्रधानमन्त्री ओलीले राजीनामा दिएको हिन्दुस्तान टाइम्सले बताएको छ । यसले संसद्मा आउनुभन्दा पहिला नै राष्ट्रपतिलाई भेटेर राजीनामा गरेको प्रसंग पनि कोट्याएको छ ।

संसद्का सबैजसो सदस्यले ओलीलाई विश्वास नगर्ने वास्तविकता पनि मनन गरेको टिप्पणी गरेको छ । ओली सरकारले मधेसीका मुद्दालाई सुनुवाइ नगरेको आरोप लगाएको छ । ओलीले भारतले लगाएको अनौपचारिक नाकाबन्दीको विषय संसद्मा उठाएको उल्लेख गरेको छ ।

समर्थन फिर्तापछि राजीनामा, सांघाई दैनिक

सांघाई दैनिकमा भनिएको छ, माओवादीले समर्थन फिर्ता लिएपछि ओली राजीनामा गर्न बाध्य भएका हुन् । अविश्वास प्रस्ताव आएपछि राजीनामासँगै नेपालमा पक्कै पनि राजनीतिक अस्थिरता बढेको सांघाई दैनिकको अनुमान छ । ओलीले पावर सेएरिङका लागि वचन दिए पनि त्यसलाई पालना नगरेको पनि उल्लेख गरेको छ ।

१० वर्षसम्म जनयुद्धमा होमिएकाका लागि काम नगरेको भन्ने आरोप लागेको छ । अब प्रचण्डले कांग्रेस र अन्य पार्टीको साथमा नयाँ सरकारका लागि कसरत गर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.