अपडेटः धनकुटाको बस दुघर्टनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

अपडेटः धनकुटाको बस दुघर्टनामा ज्यान गुमाउनेको संख्या १५ पुग्यो

धनकुटाः धनकुटाको सिँधुवामा बिहिवार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत घाईते मध्ये गएराति थप दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।

मृत्यु हुनेमा आँखिभुई गाविस वडा नं. ९ का २३ वर्षका खगेन्द्र कार्की र धरान– १७ का चेतबहादुर मगर छन् ।

उपचाररत घार्इते 

छानविन गर्न टोली गठन

सिँधुवा बस दुर्घटनाको विषयमा छानविन गर्न पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरिक्षक प्रकाश गुप्ताको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

टोलीले तीन दिन भित्र घट्नास्थलको मुचुल्का तयार गर्ने, दुघर्टनाको कारण, भौगोलिक अवस्थाको विषयमा प्रतिवेदन तयार गर्ने क्षेत्रिय ट्राफिक प्रहरी प्रमुख पवनकुमार गिरीले बताए ।

छानविन गर्न टोली घट्नास्थल तर्फ प्रस्थान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.