ओली सरकार ढाल्न भारतले बाध्य बनायोः सुजाता
![ओली सरकार ढाल्न भारतले बाध्य बनायोः सुजाता](https://annapurnapost.prixacdn.net/media/albums/579b5008b19182.92204482_T6TcxTiJ5z.jpg)
काठमाडौँ: नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढाल्न मन नभए पनि बाध्यता भएको बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसनले गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीमा बोल्दै सुजाताले भारततर्फ लक्षित गर्दै ओली सरकार ढाल्न शक्तिका खेलाडीले बाध्य बनाएको बताएकी हुन् ।
‘वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न बाध्य बनाए,’ कोइरालले घुमाउरो शैलीमा शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न बाध्य पारेको स्वीकार गरेकी हुन् ।
प्रधानमन्त्री ओलीसमेत सहभागी कार्यक्रममा वर्तमान सरकारले लिएको राष्ट्रियतासम्बन्धी अडान सही भएको समेत कोइरालाले दाबी गरिन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)