फोटो अफ दी इयरको उपाधि बज्राचार्यलाई
काठमाडौंःफोटो अफ द इयर २०७३ को उपाधि दिपकरत्न बज्राचार्यले प्राप्त गरेका छन् ।
फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई-ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता-२०७३ फोटो अफ दी इयरको उपाधि बज्राचार्यले जितेका हुन्।
उनले भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेको उक्त फोटो यो वर्षको सर्वोत्कृष्ट घोषित भएको हो ।
बज्राचार्यले नगद १ लाख रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल बिधा जितेको छ । नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भएको छ ।
डेली लाइफ विधामा नरेश श्रेष्ठ प्रथम ,गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो । त्यस्तै नभेष चित्रकारले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जितेका छन् । उक्त विधामा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भएको छ ।
नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल पहिलो भएका छन् । यसैगरी बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भएको छ । कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजीले जितेका छन् भने सम्बर्दन बज्राचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भएको छ ।
स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले प्राप्त गरेका छन् । स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भएको छ ।फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो भने सागर क्षेत्रीको फोटो उपविजेता तथा नभेष चित्रकारका फोटो तेस्रो भएका छन् ।
सबै विधामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएका थिए । ८ सय ११ व्यवसायिक र एमेच्योर फोटोग्राफरले पठाएका ति फोटाहरु प्रतियोगितामा सामेल भएका थिए ।
उत्कृष्ट फोटोको आउँदो १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिने आयोजकले जानकारी दिएको छ ।