‘सिके राउत प्रवृत्तिले राष्ट्रियता खतरामा’

‘सिके राउत प्रवृत्तिले राष्ट्रियता खतरामा’

काठमाडौँः अखिल (क्रान्तिकारी) संयोजक नरेन्द्र न्यौपानेले मधेसमा नेपाल नदेख्ने सिके राउत प्रवृत्तिले राष्ट्रियता खतरामा परेको बताएका छन् ।

सप्तरीको तिलाठीका जनताले भारतीय हस्तक्षेपविरुद्ध देखाएको सहसको समर्थनमा शनिबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै न्यौपानेले मधेस नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद र मधेसभित्र नेपाल नदेख्ने राउत प्रवृत्तिले राष्ट्रियता खतरामा परेको बताए ।

‘नेपालभित्र मधेस नदेख्ने ओली राष्ट्रवाद र मधेसभित्र नेपाल नदेख्ने सिके राउत प्रवृत्ति नै नेपाली राष्ट्रियताको मुख्य समस्या हो’, न्यौपानेले भने, ‘तिलाठीका जनताले ओलीको एकाङ्गी राष्ट्रवादलाई खारेज गरेका छन् ।’


कार्यक्रममा माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले तिलाठीमा सीमा रक्षाका निम्ति मधेसी जनताले गरेको लडाइँले राष्ट्रिय एकताको नयाँ सन्देश दिएको बताए । उनले आन्तरिक राष्ट्रियता बलियो नभई राष्ट्र कहिल्यै एकताबद्ध हुन नसक्ने बताए ।

‘भारतीय दादागिरीको प्रतिवाद गरौं ,तिलाठीका जनताको साहसिक प्रतिरोधको सम्मान गरौँ’ भन्ने नारासहित डेढ घण्टा भएको प्रदर्शनमा सयौं युवा विद्यार्थीले भारतीय दादागिरीकाविरुद्ध चर्का नारा लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.