'भारतले एकपक्षीय रुपमा सीमामा बाँध बनाउनु गलत'
धनगढी : नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले भारतीय पक्षाबट सीमा क्षेत्रमा एकपक्षीय रुपमा बाँध बनाउनु गलत रहेको बताएका छन्।
पब्लिक मिडियाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सीमामा उत्पन्न हुने समस्याको कूटनीतिक तवरमा दुवै देशले दीर्घकालीन रुपमा समाधान खोजिनुपर्ने बताउँदै भने—“दुवै पक्षका जनतालाई भिडाउने काम गर्नुहुँदैन ।”
उनले यस्तो विषयलाई कुटनीतिक तवरबाट जतिसक्दो चाँडो मिलाउनुपर्ने बताए। भारतीय पक्षले दसगजा मिचेर बाँध बनाएको भन्दै स्थानीयले भत्काइदिएपछि त्यहाँ तनाव उत्पन्न भएको छ।
भट्टराईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीको क्रियाकलापका बारेमा सोधिएको प्रश्नमा उनले यो विषय संसद्मा प्रवेश भइसकेकाले सार्वभौम संसद्ले प्रक्रिया अघि बढाई टुङ्ग्याउनुपर्ने बताए।