सरकार गठनअघि नै मधेससँग सहमति गर्ने प्रयास

सरकार गठनअघि नै मधेससँग सहमति गर्ने प्रयास

काठमाडौं : कांग्रेस र एमाले सरकार गठन गर्नुअघि मधेसका माग र मुद्दा सम्बोधन गर्ने बारेमा एक खालको समझदारी गर्ने प्रयासमा कांग्रेस र माओवादी जुटेका छन्।

कांग्रेस र माओवादीले शनिबार बिहान मधेसी मोर्चासहितको गठबन्धनसँग वार्ता गरेका छन् । सिंहदरबारमा भएको बैठकमा कांग्रेस, माओवादी र मधेसी मोर्चाका नेताहरु सहभागी थिए । सरकार गठन, मधेस आन्दोलनको सम्बोधन र संविधान संशोधन, सिमांकन, स्थानीय चुनावलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र मोर्चाबाट महन्थ ठाकूरलगायतका नेताहरु सहभागी थिए ।

मधेस आन्दोलन र मुद्दाबारे सहमति खोज्न तीनवटै पक्षबाट तीनतीन जना रहने गरी नौ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । तर कार्यदलमा रहने नेताहरुको नाम चयन हुन बाँकी छ । बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका नेता हृयदेश त्रिपाठीले छलफल सकारात्मक ढंगले अघि बढेको बताए । सरकारमा जाने नजाने भन्ने बारेमा अहिले नै छलफल नभएको र यो प्राथमिकताको विषय पनि नभएको बताए ।

कांग्रेस र माओवादीसँगको छलफलपछि आन्तरिक गृहकार्य र रणनीतिका लागि मधेसी मोर्चासहित गठबन्धनको बैठक बसेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.