गगनले भने, मापदण्डबिना कसैलाई पनि मन्त्री बनाउनु हुँदैन

 गगनले भने, मापदण्डबिना कसैलाई पनि मन्त्री बनाउनु हुँदैन

भक्तपुर : नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारमा मन्त्री पठाउनुअघि मापदण्ड बनाउनुपर्ने बताएका छन्।

अब आउने सरकारसामु धेरै चुनौती भएकाले सक्षम र योग्य नेतालाई मन्त्री बनाउनुपर्ने उनको जोड थियो । नेपाली कांग्रेस नगरकोट नगर समितिले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, 'मापदण्ड नबनाई कसैलाई मन्त्री नबनाउन पार्टी सभापतिलाई दबाब दिँदै आएका छौं।

वर्तमान संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा उनले भने, ‘मन्त्री बनाउनुअघि मापदण्ड बन्नुपर्नेमा हामीले सभापति (शेरबहादुर देउवा) लाई दबाब दिँदै आएका छौं । बरु हामी नपरे पनि केही छैन ।’

उनले साउन १९ भित्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्ने तर त्यसलाई पूर्णता दिन केही समय लाग्ने जानकारी दिए ।कांग्रेस नेताहरुले नै कांग्रेस–माओवादी गठबन्धनको प्रचण्ड सरकार लामो समय नजाने बताइरहँदा युवा नेता थापाले भने यही गठबन्धनको सरकारले स्थानीय, प्रदेश र संसदीय निर्वाचन गराउने दावी गरे ।

मंसिरमा स्थानीय निकायको निर्वाचन गर्न कानुनी अड्चन भएकाले कांग्रेस–माओवादीले फागुन–चैतभित्र गर्ने भनेको उनको भनाइ थियो ।उनले सप्तरीको तिलाठीमा भारतीयहरुसँग लडेर आफ्नो सीमा सुरक्षा गर्नेहरु प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा कम राष्ट्रवादी नभएको तर्क गरे ।

‘तराईका सयौं ठाउँमा सधैं यसरी नै मधेसी जनता लडिरहेका हुन्छन् तर उनीहरुलाई कहिल्यै राष्ट्रवादीको रुपमा प्रस्तुत गरिएन’, नेता थापाले भने, ‘राष्ट्रवादी हुनलाई कसैले लाइसेन्स दिइरहनु पर्दैन । के भारतको दबाब झेलेर संविधान जारी गर्ने पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला राष्ट्रवादी होइनन् ।’

नेता थापाले भारतको एकोहोरो दबाब झेलेर स्व. कोइरालाले संविधानमात्रै जारी गरेनन्, भारततिर आँखा नलगाइकनै देशलाई अघि बढाएको विचार व्यक्त गरे ।उनले साम्यवाद पक्षधर माओवादीलाई प्रजातान्त्रिक बाटोमा ल्याउन सक्नु नै कांग्रेसको सफलता भएको भन्दै अहिलेको गठबन्धनप्रति कुनै आशंका नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले फागुन–चैतमा स्थानीय निर्वाचन हुने भएकाले सोहीअनुसार पार्टी कार्यक्रम तथा गतिविधि बढाउनसमेत नेता कार्यकर्ताको ध्यानाकर्षण गरे ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं महिला संघका अध्यक्ष डिला संग्रौला, कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर, जिल्ला सदस्य हरिप्रसाद नेपाल, भक्तपुर क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, नगरकोट नगर सभापति यादव अधिकारीलगायतले संविधान कार्यान्वयन गर्ने जिम्मेवारी र दायित्व कांग्रेसकै भएको धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.