जस्केलाबाट पसेर राजनीतिमा चलखेलः सञ्चार मन्त्री राई

जस्केलाबाट पसेर राजनीतिमा चलखेलः सञ्चार मन्त्री राई

इटहरीः सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विभिन्नथरिका जस्केलाबाट भित्र पसेर नेपालको राजनीतिमा चलखेल गरेको आरोप लगाएका छन् ।

नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री राईले राजनीतिमा झस्केल प्रवेश गरेका कारण वर्तमान सरकारले बहिर्गमनमा जानुपरेको उनले खुलासा गरे ।

 अब बन्ने नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकार पनि तीनै खेलाडीको भूमरीको चक्रब्यूहमा पर्ने मन्त्री राईले दाबी गरे ।
जनताको विश्वास र भरोसा प्राप्त गरेको नेकपा ९एमाले०का तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको लोकप्रिय सरकार र वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको लोकप्रिय सरकारले प्राप्त गरेको उचाइबाट तिलमिलाएकाहरुको चक्रब्यूहमा वर्तमान सरकारलाई पारिएको पनि बताए र

नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानमा चोट पुर्‍याई, आमनेपाली जनतालाई समृद्ध बनाउने अभियानमा जुटेको वर्तमान सरकारको वाहवाही गर्ने माओवादी केन्द्रले नै सरकार गिराउने खेल खेल्नु कुनै आश्चर्यको विषय नभएको पनि मन्त्री राईले उल्लेख गरे ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले जुन धरातलमा उभिएर वर्तमान सरकार बन्दैछ त्यसको धरातल र बाटो कस्तो छ त्यो हेर्न भने केही समय कुर्नुपर्छ भन्दै मन्त्री राईले जसरी नेकपा ९एमाले०को लोकप्रिय सरकारलाई अघि बढ्न दिइएन अब बन्ने सरकारको नियति पनि त्यही हुने कुरामा आफूहरु विश्वस्त रहेको दाबीसमेत गरे । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.