बालुवाटार पुगेका प्रचण्डलाई ओलीको प्रश्नः के सन्दर्भमा भेट्न खोज्नुभयो ?

बालुवाटार पुगेका प्रचण्डलाई ओलीको प्रश्नः के सन्दर्भमा भेट्न खोज्नुभयो ?

काठमाडौँ: सहमतीय सरकारका लागि छलफल गर्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न खोज्नुको सन्दर्भ सोधेर फर्काइदिएका छन् ।

राष्ट्रपतिले सहमतिय सरकार गठनका लागि समय दिएको र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने पहल भएकाले समर्थनको आग्रह गर्न बालुवाटार आएको प्रचण्डले प्रष्ट पारेपछि ओलीले आफूसँग सहमति खोज्नुअघि कांग्रेसको धारणा के हो भन्दै प्रश्न गरेका थिए

ओलीलाई प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थनको विषयमा छलफल गर्ने भन्नेबित्तिकै ओली कड्किएका थिए । कांग्रेसले ठूला दुई दल सरकारमा जानु नहुने नीति बनाएको विषयमा थाहा छैन भनेर ओलीले उल्टै प्रचण्डलाई प्रश्न गरे ।

कांग्रेससँग मिलेर सरकार बनाउने तपाईं आफैँ कांग्रेसले सोध्नुहोस् सहमतीय सरकारका विषयमा कांग्रेसको धारणा के छ ? ओलीले प्रश्नैप्रश्न गरेपछि प्रचण्डले यस विषयमा कांग्रेसको धारणा बुझ्ने बताएर फर्किएका छन् ।

प्रचण्डसँगको भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहे पनि तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको प्रष्ट पारेका छन् ।

 भेटपछि प्रचण्डको सचिवालयले जारी गरेको प्रेसनोटमा भने छलफलका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.