‘युगपुरुष प्रधानमन्त्री ओली'

‘युगपुरुष प्रधानमन्त्री ओली'

भक्तपुरः पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा दिएका छन् ।

 युवा सङ्घ नेपाल भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै युग पुरुषको सङ्ज्ञा दिए ।

“भारतीय नाकाबन्दीको सामना गर्दै आमनागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।” उनले भने ।

निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने उनको भनाई थियो ।
उनले भने- “माओवादीप्रतिको जनताको झिनो विश्वास पनि अब चुँडिएको छ, अबको निर्वाचनमा जनताले त्यसलाई सावित गरिदिनेछन् ।”

मनमोहन अधिकारीको नौ महिने शासनकाललाई जनताले आजसम्म पनि स्मरण गरेको चर्चा गर्दै उहाँले ओली नेतृत्व सरकारलाई पनि आमनागरिकले कहिल्यै नभुल्ने उनले जिकिर गरे ।

कार्यक्रममा उनले अमेरिकी गृह मन्त्रालयले यसवर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै हालै प्रदान गरेको पुरस्कार प्राप्त गरेर देशकै नाम उच्च राखेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई ताम्रपत्र प्रदान गरी सम्मान गरेका थिए ।

त्यस अवसरमा युवा सङ्घ केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजालगायतले एमालेले अब आगामी निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.