मैले विकासको बाटो खनेको छु, जनता रेल चढ्छन्ः ओली
![मैले विकासको बाटो खनेको छु, जनता रेल चढ्छन्ः ओली](https://annapurnapost.prixacdn.net/media/albums/579cc31128fe75.84405610_MNWMYg9UF7.jpg)
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नौ महिनामा समृद्ध नेपाल निर्माण गर्नका लागि बाटो खनेको र अबको नयाँ सरकार त्यो बाटो हिड्न बाध्य हुने बताएका छन् ।
एक टेलिभिजनको वार्षिक उत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले जुनसुकै सरकार आए पनि अब विकासको बाटो हिड्न बध्य हुने बताए ।
‘मैले नौ महिनामा धेरै काम गरेको छैन् । तर, विकासको बाटो खनेको छु,’ ओलीले भने, ‘मैले कल्पना गरेको नेपालले विश्व हेर्न सक्छ । जसले जिस्काए पनि नेपाली जनता निकट भविष्यमै रेल चढ्छन् । हामी चाँडै आत्मनिर्भरतातर्फ लाग्न सक्छौ ।’
अर्कै खालको राजनीति गर्न खोज्नेलाई समस्या परे पनि देशको समृद्धिका लागि कसैले रोक्न नसक्ने उनको भनाइ छ ।
‘आज हामीले उद्देश्यहरुलाई तलमाथि गर्न दिनुहुन्न । मलाई सपनामाथि हिड्यो भन्ने आरोप छ, ती सपना पूरा गर्न आजको आवश्यकता हो,’ उनले भने, ‘जोसुकै सत्तामा आए पनि देशको विकास कसैले रोक्न सक्दैन, देश सधैँ यथास्थितीमा हिड्न पनि सक्दैन ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)