ओलीले प्रचण्डसँग राखेका यक्ष प्रश्न

ओलीले प्रचण्डसँग राखेका यक्ष प्रश्न

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई नाजबाफ त बनाए नै, त्योसँगै एमाले सरकारमा नजाने र सबल प्रतिपक्षको भूमिका निर्वाह गर्ने फैसला पनि सुनाएका छन् ।

दाहाल राष्ट्रपतिबाट भएको सहमतीय सरकार निर्माणको सन्दर्भमा आफ्नो नेतृत्वको सरकारमा सामेल हुने निमन्त्रणासहित प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग भेट गर्न शनिबार बालुवाटार पुगेका थिए ।

‘भेटमा प्रधानमन्त्रीले के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईंको दल र तपाईंसँग सहकार्य गर्न खोज्ने कांग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो', प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘के नेपाली कांगे्रस पनि राष्ट्रिय सहमतिको सरकार गठनका पक्षमा उभिएको हो ? यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रूपमा प्रस्ट्याउनुपर्छ ।'

आफू नेतृत्वको सरकार गिराउन समर्थन फिर्ता लिने माओवादी केन्द्रका नेताहरूप्रति प्रधानमन्त्री ओली निकै आक्रामक शैलीमा प्रस्तुत भएका थिए भने केन्द्रका नेता संयमित देखिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि नै संसद्मा प्रतिपक्षविहीन लोकतन्त्रको कल्पना गर्न नसकिने बताएका थिए । दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहे पनि आफ्नो धर्म निर्वाह गर्न एमालेसँग वार्ता गर्न आएको जानकारी गराएको प्रेस सल्लाहकार दाहालले बताए ।

उनका अनुसार केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौता कार्यान्वयन गर्नुका साथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‘प्रधानमन्त्री ओलीले अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाडौं–तराई जोड्ने द्रुत मार्ग र चीनसँग भएका सहमति, सम्झौतालगायत राष्ट्रिय हितका कामकारबाही अगाडि बढाएमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको कामकारबाही र व्यवहार हेर्ने बताउनुभएको थियो', प्रेस नोटमा भनिएको छ, ‘प्रधानमन्त्रीले कांग्रेस, माओवादी केन्द्र र मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गर्नुभएको थियो ।'

 

प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकाले निर्वाचन नै नगराउने षड्यन्त्र भएकोमा आशंका व्यक्त गरेको पनि प्रेस नोटमा उल्लेख छ । ओली र दाहालको भेटवार्तामा उपप्रधानमन्त्री भीम रावल, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ, एमाले पोलिटब्युरो सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रमुख सचेतक भानुभक्त ढकाल र केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि थिए ।

केन्द्रका नेता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले चैतमा प्रतिनिधिसभाको चुनाव गराउन सल्लाह दिएका छन् । ‘स्थानीय र प्रदेशको निर्वाचन चैतमा हुँदैन होला । बरु प्रतिनिधिसभाको निर्वाचन गराउनुस्', ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने । श्रेष्ठका अनुसार दाहाल नेतृत्वको सरकारमा आफूहरू सहभागी नहुने एमाले नेताले प्रस्ट्याएका थिए ।

‘हामी तपाईंहरूको नेतृत्वको सरकारमा नआउनुका दुईवटा कारण छन्ः एउटा कांग्रेस हाम्रो नेतृत्वको सरकारमा आएन । त्यसकारण हामी सरकारमा सहभागी हुँदैनौं । दोस्रो तपाईंहरू हाम्रो नेतृत्वको सरकारबाट छोडेर जानुभयो । त्यसकारण सरकारमा हामी सहभागी हुँदैनौं', ओलीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने ।

सरकारमा सहभागी नभए पनि राष्ट्रिय एजेन्डामा सहकार्य गरेर अगाडि बढ्न आफूहरूले एमाले नेताहरूको ध्यानाकर्षण गराएको श्रेष्ठले बताए । ‘तपाईंहरू सरकारमा नआए पनि राष्ट्रिय एजेन्डामा मिलेर सहकार्य गरौं । प्रधानमन्त्रीले संसद्मा सोधेका राष्ट्रिय एजेन्डाप्रति हामी प्रतिबद्ध छौं', श्रेष्ठले भने । बैठकमा रावल र नेम्बाङले कांग्रेस नेतामा कुनै अडान नभएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.