६ गाविस मिलाउँदा पनि जनसंख्या अपुग

६ गाविस मिलाउँदा पनि जनसंख्या अपुग

संखुवासभाः स्थानीय तहको सीमांकन गर्न दुर्गम जिल्लाका लागि तय गरिएका आधार नपुग्दा समस्या भएको छ । हिमाली जिल्लाका लागि गाउँपालिका र नगरपालिकाको पुनर्संरचना गर्न १५ र २० हजार जनसंख्या आवश्यक भनेपछि थप जटिलता आएको छ ।

गाउँपालिकाको पुनर्संरचना गरी सीमांकन गर्न भोटखोलाका ६ गाविसलाई मिलाउँदा समेत जनसंख्या अपुग भएपछि मापदण्डअनुसार हुन नसक्ने र व्यावहारिक नहुने स्थानीयवासीको तर्क छ ।

स्वास्थ्य, शिक्षा, न्याय, प्रशासन, स्थानीय तहमा पाउने नागरिकता, राहदानीलगायत कामकाज भौगोलिक रूपमा असहज हुने भन्दै सीमांकन गर्न अप्ठ्यारो पर्ने स्थानीयको भनाइ छ ।

चेपुवा ४ का आङजुङ भोटे जनसंख्याका आधारमा व्यावहारिक नहुने भन्दै भूगोललाई आधार बनाएर गाउँपालिकाको सीमांकन गर्नुपर्ने बताउँछन् ।
भोटखोलाको पावाखोला ७ पावाखोला र चेपुवा ८ को थुदामको मानवबस्ती पुग्न दुई दिन हिँड्नुपर्ने बाध्यता भएकाले गाउँपालिका, नगरपालिका तथा विशेष सुरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमांकन निर्धारण आयोगले पुनर्विचार गर्नुपर्ने नागरिक अगुवा सीता दाहालले बताइन् ।

१४ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनु र २०७४ माघ ७ गते रूपातन्तिर संसद्को अवधिसमेत समाप्त हुने भएपछि सीमांकन व्यावहारिक बनाएर टुंग्याउनुपर्ने उनको माग छ ।

जिल्लाको उत्तरी अरुणपारिका पाँच गाविसलाई पनि गाउँपालिका बनाउँदा भूगोल ठूलो हुने तथा जनसंख्या अपुग हुनाले सीमांकनमा स्थानीय नै अलमलमा परेका छन् ।

यता डेढ वर्षअघि घोषणा भएको मादी नगरपालिकाको जनसंख्या १६ हजारमात्र हुँदा त्यसलाई गाउँपालिका बनाउन पहल गर्नुपर्ने स्थानीयको तर्क छ ।
कायम रहेका अञ्चल, क्षेत्र, इलाका नरही संघ, प्रदेश, जिल्लासभा, समन्वय समितिको कार्यालय, नगरपालिका र गाउँपालिका रहने व्यवस्था छ ।

 

 

आयोगले क्षेत्रले पुर्‍याएको सेवा जिल्लाले, इलाकाले पुर्‍याएको सेवा नगरपालिकाले, गाविसले दिएको सेवा वडाले पुर्‍याउने लक्ष्य राखेको छ ।
यता आयोगका प्रवक्ता डा. हरि पौडेलले हिमाली जिल्लामा जनसंख्या नपुग्ने र थपघट गर्न सक्ने÷नसक्ने भन्नेमा तत्काल केही भन्न नसकिने बताए ।

मनाङमा तीनवटा युनिट तय गरेको तर जनसंख्या नपुग्ने भएको भन्दै संखुवासभालगायत अन्य जिल्लामा समेत यस्तो भए विकल्प खोज्नुपर्ने उनले बताए ।
युनिट बढाउने, भूगोलको आधार लिने वा जनसंख्यालाई मान्नुपर्ने भन्ने छलफल स्थानीय तहबाटै सीमांकन निर्धारण गरेर सहयोग गर्नुपर्ने र जिल्लाबाट विकल्पसहितको सिफारिस आए पुनर्विचार गर्न सकिने प्रवक्ता पौडेलको भनाइ छ ।

संखुवासभाका लागि आठवटा युनिट तय गरिएको छ । हाल संखुवासभामा २५ गाविस र तीन नगरपालिका छन् । दुर्गम जिल्लामा जनसंख्या अभावले युनिट बढाउनुपर्ने, समानुपातिक बनाएर युनिट संख्यामा हेरफेर गर्नुपर्ने, भूगोललाई हेर्नुपर्ने स्थानीय गंगा बिष्टको माग छ ।

गाउँपालिकामा भूगोल, जनसंख्या र जनघनत्वका आधारमा ५ देखि २१ वडा कायम गर्नुपर्ने तर दुर्गम क्षेत्रमा भूगोललाई मान्दा वडा अपुग हुनेछ । वातवरणीय, प्राकृतिक स्रोतसाधन, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत जाति, समुदाय र सांस्कृतिक क्षेत्र भएमा संरक्षित क्षेत्रका रूपमा सीमांकन गर्नु पर्नेछ ।

संविधानको धारा २९५ (३) बमोजिम गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सिमाना निर्धारण गर्न आयोगले मापदण्ड तय गरेपनि व्यावहारिक त्रुटि हुने स्थानीय खड्ग राईको भनाइ छ । पुनर्संरचना गर्दा भाषाभाषी, जातजाति, तिनका पहिचान, संरक्षण, संवद्र्धन र विकासमा ध्यान दिएर सीमांकन गर्नुपर्ने उनको तर्क छ ।

पुनर्संरचना प्रस्तावमा समान जनसंख्या, क्षेत्रफल र प्रशासनिक सुगमता, प्रशासनिक संरचना, वित्तीय, व्यवस्थापकीय क्षेत्रजस्ता पक्षलाई ध्यान दिएर प्रस्ताव गर्नुपर्ने उनको माग छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.