शितलनिवासमा राष्ट्रपति र शीर्ष नेताबीच वार्ता

शितलनिवासमा राष्ट्रपति र शीर्ष नेताबीच वार्ता

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार निर्माणबारे प्रमुख दलका शीर्ष नेताहरुसँग आइतबार बिहान परामर्श गरेकी छिन्।

व्यवस्थापिका संसदमा रहेका दलहरुलाई सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आइतबार सकिन लागेकोले यसको संभावना र नयाँ प्रकियाबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएकी हुन् । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपालका नेताहरु सहभागी छन्। राष्ट्रपति सकेसम्म सहमतिकै आधारमा अघि बढ्न आग्रह गरेकी छिन्।

संविधानको धारा २ सय ९८ बमोजिम सहमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले गत साउन १० गते दलहरुलाई आह्वान गरेकी थिइन्। त्यो समयसिमा आइतबार सकिदैछ ।
राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमतिय सरकार गठन हुन नसकेपछि अब बहुमतिय प्रक्रिया सुरु हुनेछ ।

संभवत : आइतबार नै राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आव्हान गर्नेछिन्। सभामुख ओनसरी घर्तीले सोमबारका लागि व्यवस्थापिका संसदको बैठक बोलाएकी छन् । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद्‌ले सोमबारदेखि नै प्रकिया प्रारम्भ गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.