सर्वोच्चका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्चका ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं : सर्वोच्च अदालतका प्रस्तावित ११ न्यायाधीशको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ।

आइतबार बिहान बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले ११ न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन गरेको हो । न्यायाधीशको सुनुवाई प्रक्रियाकै अवधिमा सरकार परिवर्तन भएपछि न्यायाधीशको सिफारिसबारे अन्योल भइरहेका बेला विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले नाम अनुमोदन गरेसँगै न्यायाधीश नियुक्तिको बाटो खुलेको छ । अब राष्ट्रपतिबाट नियुक्ति हुनेछ।

न्याय परिषद्ले सिफारिस गरेका न्यायाधीशको नाम संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जना र कानुन व्यवसायीबाट ४ जनालाई सिफारिस गरिएको थियो।

न्याय परिषदले दिपककुमार कार्की, केदार चालिसे, मिरा खड्का, शारदाप्रसाद घिमिरे, हरिकृष्ण कार्की, विश्वम्वरप्रसाद श्रेष्ठ, इश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाश राउत र सपना प्रधान मल्ल न्यायाधीशलाई न्यायधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

तत्तकालीन प्रधानन्यायधीशले अवकास पाउनुभन्दा केही दिन अघि मात्र न्यायाधीश नियुक्तिका लागि सिफारिस भएको थियो। तर संसदीय सुनुवाइ समिति नहुँदा लामो समयदेखि सिफारिस अल्झिएको थियो। झन्डै तीन महिनापछि मात्र अनुमोदन भएको छ। लामो समय सर्वोच्चमा यति धेरै संख्यामा न्यायाधीश रिक्त हुँदा न्याय सम्पादनमा समेत समस्या परेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.