राजदूत नियुक्ति सम्बन्धी सरकारको रहस्यमय निर्णय

राजदूत नियुक्ति सम्बन्धी सरकारको रहस्यमय निर्णय

काठमाडौँ: डेढ महिनाअघि सरकारले राजदूत नियुक्तिको प्रक्रिया मिचेर निर्णय गरेको खुलासा भएको छ । झन्डै पाँच महिनाअघि सरकारले २१ मुलुकका लागि प्रस्ताव गरेका राजदूतको सुनुवाई नगरी अग्रिमो पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको खुलासा भएको हो ।

मन्त्रिपरिषद्को यो निर्णयप्रति संसदीय सुनुवाई विशेष समितिले आपत्ति जनाएको छ । राजदूत नियुक्तिको प्रक्रिया अनुसार मन्त्रिपरिषद्को निर्णयपछि संसदीय सुनुवाईमा छलफल भएपछि मात्र अग्रिमो पठाउने गरिन्छ तर ओली सरकारले संसदीय सुनुवाई नगरी अग्रिमो पठाउने निर्णय गरेको खुलासा भएको हो ।

आइतबार बसेको संसददीय विशेष समितिको बैठकले यो निर्णयका विषयमा सरकारसँग स्पष्टिकरण लिने निर्णय गरेको छ । समितिले राजदूत सुनुवाईको प्रक्रिया मिचेको विषयमा स्पष्टिकरणका लागि मुख्यसचिव सोमलाल सुवेदी र परराष्ट्रसचिव शंकर वैरागीलाई सोमबारको बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय सुनुवाई समितिका सदस्य एवम् कांग्रेस सांसद प्रकाशशरण महतले भने, ‘सरकारले संसदीय सुनुवाई समितिको क्षेत्राधिकारमाथि ने प्रश्न उठाएको छ ।’

मन्त्रिपरिषद्ले संसदीय सुनुवाई नगरी राजदूतको अग्रिमो पठाउने निर्णय गरे पनि सुनुवाई समितिले भने आइतबार बाट राजदूतका नाममा परेका उजुरीमाथि छलफल गर्ने निर्णय गरेको छ ।

२१ देशका लागि सिफारिस भएका राजदूतका नाममा १२ उजुरी परेका छन् । समितिले राजदूतका विषयमा उजुरी दिन १५ दिनको समय दिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.