विवाहको बस दुर्घटनामा २६ को मृत्यु

विवाहको बस दुर्घटनामा २६ को मृत्यु

इस्लामाबादः पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरमा शनिबार बिहान विवाह समारोहको एक गाडी बाढीले बगाउँदा भएको दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ ।

उत्तरपश्चिम पाकिस्तानीको आदिवासी क्षेत्र खैबर प्रान्तका भएको यस दुर्घटनामा पहिला १५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको थियो । बाढीमा बेपत्ता भएकाहरुमध्ये थप ११ जनाको शव फेला परेपछि सो सङ्ख्या २६ पुगेको हो ।

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा विवाह समारोहका ३० पाहुना सवार रहेका यो गाडी बाढीमा पर्न गई बगाएको समा समाचार संस्थाले जानकारी दिएको थियो ।

दुर्घटनामा १८ बालबालिका छ महिला र दुई पुरुषको मृत्यु भएको जनाइएको छ । अन्य तीन पुरुष घाइते भएका र एक व्यक्ति अझै वेपत्ता रहेको जनाइएको छ ।

दुहला समूहको विवाह भोजमा सहभागि भएर बारा क्षेत्रबाट बजार जखाखेल क्षेत्रमा गइरेहेको सो गाडी बाढीको भेलमा पर्नगई दुर्घटनाग्रस्त भएको थियो ।

अफगानिस्तानको सीमा क्षेत्रमा पर्ने यस प्रान्तमा भएको यस दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको परिवारजन र घाइतेलाई पकिस्तानी प्रधानमन्त्री नवाज सरिफले गहिरो दुःख र शोक प्रकट गरेका छन् ।

त्यसैगरी, प्रधानमन्त्रीले राष्ट्रिय प्रकोप व्यवस्थान निकाय (एनडीएमए)का अधिकारीलाई घाइतेहरुलाई प्रभावकारी उपचार गराउन लागि आदेश दिएका छन् ।

एनडीएमएका अनुसार पाकिस्तानमा जारी भारी वर्षाको कारण भएका छट्टाछुट्टै घटनामा यसै जुलाई महिनामा मात्र ५५ को मृत्यु हुनुको साथै ३५ घाइते भएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.