नेतामाथिको आक्रमणको विरोधमा पासाङल्हामु मार्ग बन्द

नेतामाथिको आक्रमणको विरोधमा पासाङल्हामु मार्ग बन्द

त्रिशूलीःतीन दलका केन्द्रीय नेतामाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आइतबार बिहानैबाट रसुवामा प्रदर्शन भएको छ ।  प्रदर्शनकारीले पासाङल्हामु मार्ग बन्द गरेका छन् ।

स्थानीय निकाय पुर्नसंरचनाको विषयमा रसुवाको धुन्चेमा शनिबार साँझ मुख्य दलका केन्द्रीय नेता सहभागी छलफलमा आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै रसुवामा प्रदर्शन भएको हो ।  रसुवावासीले पासाङल्हामु मार्गको कालिकास्थान र राम्चेमा नाराजुलुश गर्दै सडक मार्ग ठप्प पारेका छन् ।

स्थानीयवासीले दोषीलाई पक्राउ गरेर कारबाहीको दायरामा नल्याएसम्म रसुवा बन्द गर्ने बताएका छन् । ‘दोषीलाई कारबाही नभएसम्म आन्दोलन रोकिदैन,’ राम्चे गाविसका प्राविधिक सहायक ठाकुर अधिकारीले भने । पीडितका आफन्तले आक्रमणकारीलाई प्रहरीले संरक्षण दिएको गुनासो गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापतिसमेत रहेका बाबुलाल तामाङको नेतृत्वमा आएको २० जनाको टोलीले विनाकारण आक्रमण गरेको घाइते माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव लामिछानेको भनाइ छ ।

घटनाका दोषीको पहिचान भइसकेको तर, तत्काल पक्राउ गर्न नसकिएको रसुवा प्रहरी प्रमुख डिएसपी फणिन्द्र प्रसाईंले बताए । आक्रमणमा गम्भीर घाइते नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल र नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधि जनकजीवन उपाध्यायको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको रसुवा अस्पताल धुन्चेमा उपचार भइरहेको छ ।

आक्रमणको एमालेले भत्सना गरेको छ । आइतबार एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति निकालेर घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.