प्रचण्डले कमल थापालाई यस्तो प्रस्ताव राखे

प्रचण्डले कमल थापालाई यस्तो प्रस्ताव राखे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी हुन प्रस्ताव राखेका छन्।

आइतबार दिउँसो माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रचण्डले थापालाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन् ।

राप्रपा नेपालका प्रवक्ता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै थापा र प्रचण्डको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि दिएको सात दिनको समय सकिएपछि आइतबारबाट प्रचण्डले सरकार निर्माणको पहल सुरु गरेका छन् ।

नेपाली कांग्रेस र माओवादीले व्यवस्थापिका संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर राजीनामा दिन बाध्य गराएकाले कांग्रेस र माओवादी गठबन्धनको सरकार बन्ने पक्का भएको छ।

कांग्रेसले जिम्मेवार मन्त्रालय लिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेकाले प्रचण्ड सरकार निर्माणको पहलमा सक्रिय देखिएका छन् । प्रचण्डले कांग्रेस बाहेक अन्य साना दललाई समेत सरकार निर्माणमा सहयोग आग्रह गर्दै आएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.