यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन

यसरी हुँदैछ प्रधानमन्त्रीको निर्वाचन

काठमाडौँ : अब बहुमतीय सरकार बन्ने लगभग निश्चित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिदैछ । तर दलहरुबीच सहमतीय सरकारका लागि कुनै सार्थक सम्वाद भएको छैन। राष्ट्रपतिको आव्हानलाई सम्मान गर्न दलहरुले औपचारिकता मात्रै निर्वाह गरेका छन्।

सोमबार नै बहुमतीय प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने भएको छ। बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिको आव्हानसहितको पत्र प्राप्त गर्नसाथ प्रधानमन्त्री चुनावको प्रकिया थाल्ने तयारीमा संसद्‌ सचिवालय छ।

राष्ट्रपति डा यादवले साउन १० गते सहमतिको सरकार गठन गर्नका लागि एक साताको समय दिएकी थिइन्। व्यवस्थापिका–संसद्को बैठक सोमबार अपरान्ह तीन बजे राखिएको छ ।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि सभामुख ओनसरी घर्तीले सोसम्बन्धी जानकारी सदनलाई गराएपछि प्रधानमन्त्री चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नेछिन्। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिनेछन्।

राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अगाडि बढ्ने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले अन्नपूर्ण अनलाइनसँग बताए।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरिरहेका छन् । नेकपा (एमाले) ले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ। बुधबार नै प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्नेछन्। कांग्रेस र माओवादी केन्द्रले २५३ सांसदको हस्ताक्षरसहित गत असार २९ गते संसद्‌मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर अविश्वास प्रस्ताव निर्णयार्थ पेस हुनुअघि नै ओलीले राजीनामा दिएपछि मतदान स्थगित भएको थियो।

संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ। कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.