प्रस्तावित २२ देशका राजदूतको सुनुवाइ मंगलबार
![प्रस्तावित २२ देशका राजदूतको सुनुवाइ मंगलबार](https://annapurnapost.prixacdn.net/media/albums/579ef53c8d3d94.00927689_Bwbe1cmKVu.jpg)
काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित २२ देशका राजदूतको सुनुवाइ मंगलबारबाट गर्ने भएको छ । सोमबारको विशेष समितिको बैठकले मंगलबारबाट राजदूतको सुनुवाइ गर्ने निर्णय गरेको हो ।
सत्ता परिवर्तन र संसदीय सुनुवाइ अघि नै एग्रिमो पठाउने सरकारको निर्णयले संसदीय सुनुवाइलाई अनिर्णित बनाइरहेका बेला समितिले भोलीबाट सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।
समितिले मंगलबार बिहान उजुरीकर्तालाई बोलाएको छ भने दिउँसोबाट राजदूतको सुनुवाइ सुरु हुनेछ ।
सोमबारको विशेष समिति बैठकले २२ देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ बिना अग्रिमो पठाउनु गलत भएको भन्दै सरकारलाई यस्तो गलत काम नगर्न चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)