कैटरीना र सिद्धार्थको रोमान्स (फोटोसहित)
बलिउड अभिनेत्री कैटरीना कैफ र अभिनेता सिद्धार्थ मल्होत्राले रोमान्च गरेको तस्बिर सामाजिक सञ्जालमा व्यापक रुपमा छाउन थालेका छन् ।
उनीहरुको नयाँ चलचित्र ‘बार–बार देखो' को सुटिङका क्रममा उनीहरुले खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा राख्दै आएका छन् । उक्त चलचित्रको ट्रेलर पनि सार्वजनिक भएको छ ।
भिडियो हेर्नुहोस्
विभिन्न ठाउँका नयाँ नयाँ दृश्य तथा कैटरीना र सिद्धार्थको ‘हट लुक' उनीहरुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् ।
उनीहरुले ‘काला चश्मा' बोलको गीतमा नाचेको तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा सिद्धार्थ र कैटरीनाले रोमान्स् गरेको देखिएको छ ।
बिकिनीमा सजिएकी कैटरीना सिद्धार्थका साथ सुनसान समुन्द्री किनारमा पुगेको देखिएको छ ।