एनआईसी एसिया र शिखर इन्स्योरेन्सबीच सम्झौता
काठमाडौंः एनआईसी एसिया बैंकले शिखर इन्स्योरेन्ससँगको सहकार्यमा निर्जीवन बिमा सेवा सुरु गरेको छ ।
यससम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल तथा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
ग्राहकमार्फत निर्जीवन बिमा सेवा प्रवद्र्धन गर्ने उद्देश्यले बैंकले ‘स्वास्थ्य बिमा' र ‘सेक्युर माइन्ड' नामका दुई अलगअलग सेवा सुरु गरेको हो । स्वास्थ्य बिमाअन्तर्गत व्यक्तिगत तथा परिवारको स्वास्थ्य बिमा गराउन सकिन्छ भने सेक्युर माइन्डले बैंकको ऋण सुरक्षित गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।