खोटाङ र ओखलढुंगा अन्धाकार
ओखलढुंगाः त्रियूगा खोलाले पोल बगाएपछि अबरुद्ध बिद्युत सूचारु नहुदाँ खोटाङ र ओखलढुंगा अन्धकार भएको छ ।
उदयपुरको त्रियुगा खोलामा शनिबार आएको बाढीले पोल बगाएपछि दुई दिनदेखि दुई जिल्ला अन्धकार बनेको हो । गाईघाट-दिक्तेल ३३ केभी बिद्युत प्रशारण लाईन अवरुद्ध हुँदा खोटाङ र ओखलढुंगाको जनजीवन प्रभाबित भएको छ ।
अवरुद्ध बिद्युत सुचारु गराउनकालागि पहल भइरहेको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका कर्मचारी मोहन दाहालले बताए । बुईपा सवस्टेशनमा आएको खराबीले समेत बिद्युत सूचारु गराउन समस्या भएको दाहालले जनाए ।
विद्युत अवरुद्ध हुँदा खोटाङका ३९ र ओखलढुंगाका दर्जनौँ गाबिसका स्थानीय मारमा परेका छन् । यस्तै, दिक्तेलका दुई वटा सामुदायीक रेडियोको प्रशारण र तीन वटा साप्ताहिक पत्रिका प्रकाशनमा समेत अशर पुगेको छ ।