बाबुरामले प्रचण्डलाई भने, 'म्यादी प्रधानमन्त्रीले केही काम गर्नसक्दैन'

बाबुरामले प्रचण्डलाई भने, 'म्यादी प्रधानमन्त्रीले केही काम गर्नसक्दैन'

दाङ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले म्यादी प्रधानमन्त्रीले केही काम गर्ननसक्ने बताएका छन् ।


दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, म्याद तोकेर बनाइने सरकारले केही काम गर्नसक्दैन । यस्तो सरकारलाई कसैले पत्याउँदैन । भट्टराईले प्रधानमन्त्री बन्न लागेका माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भने, 'यस्तो म्यादी प्रधानमन्त्रीले कसरी काम गर्नसक्छ ? छिमेकी र अन्तराष्ट्रिय समुदायले पनि पत्याउँदैनन् ।'

पुरानै संसदीय परम्परा कायम रहेसम्म सत्ताका लागि यस्तो चलखेल भइरहने र राजनीतिलाई सधै यसलाई अस्थिर बनाउने चिन्ता व्यक्त गरे ।

राजनीतिक स्थिरता र सत्ताको फोहोरी खेल अन्त्य गर्नका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको मोडलमा जानुपर्ने बताउँदै उनले भने, राजनीतिक स्थिरता र समृद्धिको औषधि नै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । यो नहुँदासम्म हामी सरकार परिवर्तनमै अल्झिरहन्छौं ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.