जुवामा ३८ अरब अमेरिकी डलर हारेको खुलासा यसरी भयो
अस्ट्रेलियाली जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् प्रतिवेदन हालै प्रकाशित भएको छ।जुवाडेमाझ लोकप्रिय हुँदै आएको यो स्लट मेशिन २४ वर्षअघि मुलुकमा भित्रिएको थियो। यस स्लट मेसिनमा जुवा खेल्दाखेल्दै अस्ट्रेलियाली ३८ अरब अमेरिकी डलरभन्दा बढी धनराशी हारिसकेको प्रतिवेदनबाट खुलासा भएको छ।
मेल्बोर्न : अस्ट्रेलियाली जनताले बिद्युतीय यन्त्र परिचालित स्लट मेसिनमा जुवा खेली अरबौँ डलर गुमाउँछन् प्रतिवेदन हालै प्रकाशित भएको छ।
जुवाडेमाझ लोकप्रिय हुँदै आएको यो स्लट मेशिन २४ वर्षअघि मुलुकमा भित्रिएको थियो। यस स्लट मेसिनमा जुवा खेल्दाखेल्दै अस्ट्रेलियाली ३८ अरब अमेरिकी डलरभन्दा बढी धनराशी हारिसकेको प्रतिवेदनबाट खुलासा भएको छ।
हालै एउटा अनुसन्धान प्रतिवेदन स्थानीय सञ्चार माध्यममा प्रकाशनमा आएपछि स्लट मेसिन (स्थानीय जनजिब्रोमा पोकिज् भनिने)जस्ता सबैथरी बिद्युतीय द्युतक्रिडा यन्त्र नष्ट पारी कडा प्रतिबन्ध लगाउनुपर्ने सार्वजनिकरुपमा आवाज उठेको छ ।
लेबर पार्टीका वर्तमान प्रधानमन्त्री डेनियल एन्ड्रयुजले जनतालाई जुवा खेलाई ८० करोड अमेरिकी डलरभन्दा बढी रकम स्लट मेसिन करको नामबाट लुटेर ‘गोप्य र फोहोरी खेल’मा लिप्त भएको भन्ने आरोप सरकारका बिपक्षी दल तथा सो मेसिनका कडा विरोधी खेमाले लगाएका छन् ।
‘एन्ड्रयुज सरकारलाई पदच्युत गर्ने ठीक समय यही हो’ अलायन्स फर ग्याम्ब्लिङ्ग रिफर्म नामक संस्थाका टिम कोस्टेलोले आज एक सञ्चार माध्यम न्युज लिमिटेडलाई तीब्र प्रतिक्रिया ब्यक्त गरेका छन् । एजेन्सीहरु