‘हिंसालाई इस्लामसँग नजोड

‘हिंसालाई इस्लामसँग नजोड

भ्याटिकन सिटीः क्याथोलिक इसाई धर्मावलम्बीका धर्मगुरु पोप फ्रान्सिसले इस्लाम धर्मावलम्बीलाई आतंकवादसँग जोड्नु गलत भएको बताएका छन् । आइतबार पोल्यान्डबाट फर्कने क्रममा उनले यस्तो बताएका हुन् ।

युरोपले आफ्ना युवाहरूलाई कट्टरपन्थीहरूसमक्ष पठाइरहेको भन्दै पोपले आलोचना गरेका छन् । पोल्यान्ड यात्राबाट भ्याटिकन फर्कने क्रममा आफ्नै निजी विमानमा उनले सञ्चारकर्मीलाई यस्तो बताएका हुन् । पोल्यान्डमा क्याथोलिक युथ फेस्टिभलमा सहभागी भएर फर्कने क्रममा उनको यस्तो धारणा आएको हो । उनले भने, ‘इस्लाम धर्मलाई आतंकवादसँग जोड्नु न त उचित हो न सत्य हो । इस्लाम र हिंसालाई अलग रूपमा हेर्नुपर्छ ।'

फ्रान्समा एक चर्चमा पादरीको घाँटी रेटेर भएको हत्याको बारेमा सोध्दा पोपले इस्लाम धर्मलाई जोड्न नहुने भन्दै जवाफ दिएका थिए । उनले क्रिस्चियन धर्मावलम्बीमा पनि कट्टरपन्थी रहेको उनले स्पष्ट पारेका छन् । उनले भने, ‘प्रायः सबै समूहमा कट्टरपन्थी भेटिन्छन् । हाम्रो धर्ममा पनि यस्ता कट्टरपन्थी छन् ।' उनले युरोपमा भएका हत्या हिंसाको चर्चा पनि गरे ।

त्यहाँ क्रिस्चियन समुदायले गरेका हत्या हिंसालाई बिर्सन नहुने भन्दै क्रिस्चियनहरूले गरेका हत्याको पनि छलपल गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, ‘यदि हामीले इस्लामिक हिंसाको कुरा गर्छौं भने क्रिस्चियनबाट हुने गरेका हिंसाका कुरा पनि गर्नैपर्छ । इटालीमा हरेक दिन हिंसा भइरहेका समाचार आउँछन् । कसैले आफ्नी प्रेमिकाको त कसैले सासूको हत्या गरेका खबर आइरहन्छन् ।'

ती विषयलाई युरोपले कुनै पनि धर्मसँग जोडेर आरोप नलगाउने गरेको उनको भनाइ थियो । आइतबार फ्रान्समा अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले वृद्ध पादरीको हत्या गरेका थिए । त्यसलगत्तै मुस्लिम धर्मावलम्बीका विभिन्न समूह उपस्थित भएर आतंकवादको विरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.