काबुल आक्रमणमा चारको मृत्यु

काबुल आक्रमणमा चारको मृत्यु

काबुलः अफगानिस्तानको राजधानी काबुलमा विदेशीलक्षित एक पाहुनाघरमा गत राति रातभर भएको आक्रमणमा एकको सुरक्षा अधिकारीको मृत्यु भएको छ । तालिवान आतंककारीले जिम्मा लिएको यस आक्रमणमा चार प्रहरी अधिकारी घाइते भएका छन् ।

तालिवान विद्रोहीले एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको जिम्मा लिएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ०१ः३० बजे होटेलको उत्तर प्रवेशद्वारबाट विस्फोट पदार्थले भरिएको ट्रक प्रवेश गराउन खोजेका थिए ।

सशस्त्र तीनजना भने द्वारबाट प्रवेश गरी गोली प्रहार सुरु गरेका बताइएको छ । काबुलका प्रहरी प्रमुख अब्दुल रहमान रहिमका अनुसार यस आक्रमणमा परी तीनजना लडाकु मारिएका छन् ।

यस आक्रमणबाट होटेल भवनमा कुनै क्षति नभएको पनि उनले जानकारी दिएका छन् । आक्रमणपछि काबुलमा विद्ययुत् आपूर्ति बन्द भएको थियो । तालिवान विद्रोहीले विदेशी पाहुनाघर लक्षित गरी बारम्बार आक्रमण गर्दै आएका छन । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.