भूकम्पले १२ सय चिनियाँ विस्थापित
बेइजिङः चीनको गुआङसीलाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पका कारण १ हजार २ सय मानिसले आफ्नो घर गुमाएका वा घरमा क्षति पुगेका कारण विस्थापित हुन पुगेका छन् ।
सोमबारसम्म प्राप्त सूचनाअनुसार भूकम्पका कारण ३० लाख ६१ हजार अमेरिकी डलरभन्दा बढीको क्षति भएकोे चीनले बताएको छ । गुआङसीमा आइतबार अपराह्न ५ः१८ बजे ५.४ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सिइएनसी) ले बताएको थियो ।
भूकम्पको केन्द्रविन्दु २४.०८ डिग्री उत्तरी अक्षांश र १११.५६ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराइमा मापन गरिएको बताइएको छ । गुआङसीका धेरैजसो ग्रामीण तथा सहरी क्षेत्र तथा गुआङडोङ प्रान्तमा भूकम्पका कारण केही घरमा क्षति पुगेको मृत्यु भएको खबर भएको छैन ।
भूकम्पको क्षतिका कारण केही समय रेलसेवा बन्द गरिएको छ । स्तानीय लो वाङले भनिन्, ‘म कम्प्युटर चलाएर बसिरहेकी थिएँ । घर हल्लिन थालेपछि टबेल बेरेर फ्यालबाट हाम फालेँ ।'