जोकोभिच र हालेपलाई उपाधि

जोकोभिच र हालेपलाई उपाधि

टोरन्टोः रोजर्स कप टेनिस प्रतियोगिताको उपाधि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिचले जितेका छन् । सर्बियन खेलाडी जोकोभिचले सोमबार बिहान भएको फाइनलमा जापानका केई निसिकोरीलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन् । २९ वर्षीय जोकोभिचले रोजर्स कपको उपाधि जितेको यो चौथो पटक हो । उनले सन् २०१२ पछि पहिलो पटक रोजर्स कपको उपाधि चुमेका हुन् ।

जोकोभिचले यसअघि सन् २००७, सन् २०११ र सन् २०१२ मा यो प्रतियोगिताको उपाधि जितेका थिए । सबैभन्दा बढी पटक रोजर्स कपको उपाधि जित्ने खेलाडी भने चेक गणतन्त्रका इभान लेन्डल हुन् । तात्कालीन चेकोस्लोभाकियाबाट प्रतिनिधित्व गर्दै लेन्डलले ६ पटक यो प्रतियोगिताको उपाधि चुमेका थिए । ५६ वर्षीय लेन्डल हाल चर्चित खेलाडी एन्डी मुरेका प्रशिक्षक हुन् ।

वर्षको सातौं उपाधि जित्ने क्रममा जोभोभिचले तेस्रो वरीयतामा आसिन जापानी खेलाडी निसिकोरीलाई ६–३, ७–५ अंकले हराए । पहिलो सेटमा सहज जित निकालेका जोकोभिचले दोस्रो सेटमा भने निसिकोरीको कडा चुनौतीको सामना गर्नु परेको थियो । जोकोभिचले कम उमेरमै एकपछि अर्को गर्दै अधिकांश ठूला प्रतियोगिताको उपाधि हात पारिसकेका छन् ।

ओलम्पिकमा समेत स्वर्ण पदक जितिसकेका जोकोभिचले निसिकोरीसँगको फाइनल खेल रोचक भएको बताए । ‘यो उपाधिले मलाई थप खुसी दिएको छ । पहिलो सेटमा राम्रै खेलेँ तर, दोस्रो सेट भने प्रतिस्पर्धात्मक बनेको थियो’, खेलपछि जोकोभिचले भने । १२ पटक एकल ग्रान्डस्लामको उपाधि जितेका जोकोभिचले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण हात पारेका थिए ।

रोजर्स कपको सेमिफाइनलमा जोकोभिचले फ्रान्सका १० औं वरीयता प्राप्त खेलाडी गेल मोनफिल्सलाई ६–३, ६–२ को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेका थिए । जापानी स्टार निसिकोरीले भने सेमिफाइनलमा स्विट्जरल्यान्डका दोस्रो वरीयता प्राप्त खेलाडी स्टान वावरिन्कालाई ७–६ (८–६), ६–१ अंकले हराउँदै जोकोभिचसँगको भिडन्त पक्का गरेका थिए ।

यसैगरी महिला एकलतर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छन् । पाँचौं वरीयताकी हालेपले आइतबार राति नै भएको फाइनल भिडन्तमा अमेरिकी प्रतिद्वन्द्वी माडिसन किजलाई ७–६ (७–२), ६–३ अंकले हराउँदै उपाधि हात पारेकी हुन् । हालेपले १० औं वरीयताकी किजलाई पन्छाउने क्रममा पहिलो सेटमा कडा चुनौतीको सामना गर्नु परेको थियो । २४ वर्षीया हलेपले हालसम्म १४ वटा महŒवपूर्ण उपाधि जितिसकेकी छन् ।

‘टोरन्टोमा खेल्दा मलाई आफ्नै घरेलु कोर्टमा खेलिरहेको अनुभव हुन्छ । खेलभर धेरै समर्थकले मेरो हौसला बढाइरहे । म यो उपलब्धिलाई कहिल्यै भुल्न सक्दिनँ’, हालेपले भनिन् । फाइनलमा पराजित भएकी किजले हालेप उपाधिको सच्चा हकदार भएको प्रतिक्रिया दिइन् । ‘मैले सकभर हालेपलाई रोक्ने प्रयास गरेकी थिएँ । पहिलो सेटमा सोचेको जस्तै भयो तर, दोस्रो सेटमा उनी अझ आक्रामक रूपमा प्रस्तुत भइन् । यसपटक मैले विगतको भन्दा धेरै राम्रो खेलेकी छु । रियो ओलम्पिकका लागि पनि यो प्रतियोगिताले धेरै सहयोग गरेको छ’, किजले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.