ब्राजिल जाने खेलाडीले ४२ कन्डम पाउने !

ब्राजिल जाने खेलाडीले ४२ कन्डम पाउने !

रियो दि जेनेरियोः रियो ओलम्पिक नजिकिँदै जाँदा ब्राजिलमा विदेशी खेलाडी तथा पाहुनाको सुरक्षा र स्वास्थ्यलाई समेत आयोजकले विशेष ध्यान दिएका छन् । ब्राजिल सरकारले खेलाडीको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी खटाएको समाचार बाहिर आइरहेको अवस्थामा ब्राजिलमा खेलाडीको स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामा राखिएको समाचार सार्वजनिक भएको छ । सोही अनुरूप ब्राजिल ओलम्पिकमा सहभागिता जनाउन लागेका प्रत्येक खेलाडी र प्रशिक्षकलाई आयोजकले जनही ४२ वटा कन्डमबाट स्वागत गर्दैछ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को आदेशमा ब्राजिल सरकारले ओलम्पिक भिलेजमा बस्ने सबै खेलाडी र प्रशिक्षकलाई जनही ४२ वटा कन्डम उपलब्ध गराउन निर्देशन दिएको समाचार सीएनएनले प्रकाशित गरेको छ । खेलाडीका लागि कुल ४५ लाख कन्डमको व्यवस्था गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेअनुसार रियो ओलम्पिकमा खेलाडीलाई प्रदान गर्न लागिएको कन्डम यसअघि लन्डन ओलम्पिकमा प्रदान गरिएको भन्दा तेब्बर बढी हो ।

लन्डन ओलम्पिकमा खेलाडी र प्रशिक्षकका लागि एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो । रियो ओलम्पिकमा महिला खेलाडी र प्रशिक्षकलाई पनि एक लाख थान महिलाले नै प्रयोग गर्ने कन्डम प्रदान गरिने भएको छ । यौनजन्य रोगबाट बचाउनमात्र होइन, ब्राजिलमा फैलिएको जिका भाइरसको संक्रमणबाट पाहुना र खेलाडीलाई जोगाउन पनि यस्तो निर्णय गरिएको आईओसीले जनाएको छ ।

रियो ओलम्पिकमा ११ हजार खेलाडी र ६ हजार प्रशिक्षकको सहभागिता रहनेछ । खेलाडीकै संख्यामा विभिन्न देशबाट अफिसियल र पदाधिकारी पनि रियो ओलम्पिकमा सहभागी बन्नेछन् । यसैगरी रियो ओलम्पिकको खेल हेर्न विश्वभरिबाट हजारौं समर्थक ब्राजिल पुग्ने अनुमान गरिएको छ । रियो ओलम्पिक आगामी शुक्रबारबाट सुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.