बालिकाको हत्या गर्ने पक्राउ
झापाः बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका भनिएका राजकुमार राजवंशीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको उत्तर प्रदेशमा पक्रेर नेपाल ल्याइएको छ ।
बुधबारे(५ झापास्थित डिल्लीराम प्रसाईंको घरमा दुई साता अघि मावलघर आएकी शान्तिनगर(१ की ११ वर्षीया तनुजा कोइरालाको बलात्कारपछि हत्या भएको थियो । उनलाई बलात्कारपछि हत्या गरेर फरार रहेका भनिएका प्रसाईंकै घरमा श्रमिक बसेका राजवंशीलाई पक्राउ गर्न नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग मागेको थियो । राजवंशीलाई भारतको उत्तर प्रदेशको नन्दिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजवंशीलाई झापा ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिए ।