बुढीगण्डकीले सिर्दिबासका १० घर बगायो

बुढीगण्डकीले सिर्दिबासका १० घर बगायो

गोरखाः निरन्तरको बर्षाले गोरखाको सिर्दिबास १ जगतको १० घर बगाएको छ । बुढीगण्डकीले धार परिवर्तन गरी गाउँतिर कटान गर्न थालेपछि जगतको बगरटोल नै विस्थापित भएको स्थानीय लक्ष्मण घलेले जानकारी दिए ।

‘तीनदिन यता १० घर बगायो’ उनले भने, ‘हामी माथि भिरपाखामा त्रिपाल टाँगेर बसेका छौं ।’ उनका अनुसार आइतबार पूर्णबहादुर गुरुङको घर बगाएको थियो ।

त्यसयता बेलबहादुर लामा, अभिषेक लामा, कृष्णबहादुर लामा, विशाल हिमाली घले, दिलमाया गुरुङ, विशाल गुरुङ, कमानसिँह घले, मानबहादुर गुरुङ र धनबहादुर गुरुङको घर बगाएको छ । सोमबार राती विशाल हिमाली घलेको घर बगाएको उनले बताए । ‘मेरो छोराका तीन होटल थिए, हिजो राती सबै बगायो,’ उनले भने, ‘अरु दुई होटल पनि बगायो ।’

जगत मनास्लु ट्रेकिङ क्षेत्रको मुख्य बजार हो । यहाँ मनास्लु क्षेत्रमा उडान गर्ने हेलिकोप्टरले तेल भर्ने बिसौनी पनि थियो । ‘बुढिगण्डकीले हेलिप्याड पनि लग्यो’ अर्का स्थानीय राजेन्द्र कार्कीले भने, ‘गण्डकीले घर भत्काउन थालेपछि गाउँलेले घरको काठपात, जस्ताहरु डोरीले बाँधेर तान्दै जोगाएका छन् । त्यही जस्ता र काठपातले टहरो बनाएर पखेरामा बसेका छन् ।’

जगतको माथिल्लो टोलमा २५ घर छन् । त्यहाँसम्म भने गण्डकी पुग्न सकेको छैन । बगरटोल नयाँ बस्ती हो । यहाँ करिब १५ बर्षयता बसोबास गर्न सुरु गरेका हुन् ।

गाउँ नै खाली हुने गरी बुढीगण्डकी पसेपछि गाउँलेको आलाप विलाप भएको अर्का स्थानीय सरिता घले बताउछिन् । ‘गाउँलेको बिलाप भयो । सरकारले देखेन,’ उनले भनिन्, ‘अस्ति साउन १२ गतेदेखि गण्डकी गाउँतिर आएको हो । धमाधम घर बगाएको छ । तर हाम्रो कुरा सरकारले थाहा पनि पाएन ।’

‘प्रहरी दिनदिनै आउँछन्,’ उनले भनिन् ‘उनीहरुले पनि के गर्ने हो र ? तपाइँहरुलाई खतरा छ । यहाँ नबस्नु मात्र भनेर जान्छन् ।’
बुढीगण्डकी गाउँमा पसेपछि स्थानीयबासी त्रासमा छन् । ‘रातभरि निद्रा लाग्दैन,’ सरिता भन्छिन्, ‘गाउँलेहरु उठ्दै गण्डकीतिर लाइट बालेर हेर्दै रात बिताउँछन् ।’

सदरमुकामबाट ३० कोश दुरीमा रहेको जगत हिमालपारि पर्ने गाउँ हो । यो बर्ष बाटो बिग्रिएका कारण खच्चड हिड्न सकेको छैन। सामान ढुवानीको एक मात्र बिकल्पको रुपमा रहेको खच्चड पनि नहिड्दा त्यहाँ खानेकुराको अभाव छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.