प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गर्ने १६ दल

प्रचण्डलाई प्रधानमन्त्री बन्न समर्थन गर्ने १६ दल

काठमाडौँ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गरेका छन् ।

व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार मंगलबारको निर्धारित समयमा प्रधानमन्त्रीमा प्रचण्डको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार उनको उम्मेदवारीमा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक छन् भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् ।

सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा १६ दलका सांसद् तथा नेताले समर्थन गरेका छन् ।
यी हुन् प्रचण्डका समर्थक  
माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा,
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव,
तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला,
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ,
सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्ण,
नेकपा (संयुक्त) का जयदेब जोशी,
समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह,
नेपाली जनता दलका हरिचरण साह,
जनजागरण पार्टीका लोकमणि ढकाल,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी,
खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई,
थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी,
अखण्ड नेपालका कुमार खड्का,
दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र
 स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाएका छन् ।

प्रचण्डको पक्षमा मतदान गर्ने ३५८ सांसद
नेपाली कांग्रेस          २०७
माओवादी केन्द्रका      ८१
सङ्घीय समाजवादीका  १५
फोरम (लोकतान्त्रिक)का १४
राप्रपाका                  १२
तमलोपाका               ११
सद्भावना पार्टीका          ५
नेकपा (संयुक्त)          ३
थरुहट तराई पार्टी         २
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) १,
समाजवादी जनता पार्टी  १
नेपाली जनता दल        १
खुम्बुवान राष्ट्रिय मोर्चा   १
अखण्ड नेपाल पार्टी        १
दलित जनजाति पार्टी      १
जनजागरण पार्टी           १
स्वतन्त्र सांसद              १
यसरी प्रचण्डलाई जम्मा ३५८ सांसदले समर्थन जनाउने छन् । यो सङ्ख्या भोलि मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्रीको निर्वाचन भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसदमा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.