अमेरिकामा नेपाली विज्ञ र वैज्ञानिकको भेला

अमेरिकामा नेपाली विज्ञ र वैज्ञानिकको भेला

अमेरिकाः सिकागोमा जम्मा भएका नेपालीमूलका विज्ञ र वैज्ञानिकहरूले नेपाललाई सहयोग गर्नसकिने अनेकौं सम्भाव्यताहरू औंल्याएका छन् ।
अमेरिकाका विभिन्न विश्वविद्यालय र अनुसन्धान संस्थामा कार्यरत नेपालीले यस्ता सम्भाव्यता औंल्याएका हुन् ।

सहभागीले यूएस-नेपाल पोलिसी रिसर्च सेन्टरको एकदिने सम्मेलनका क्रममा नीति र प्रविधिको विकासमा नेपाललाई प्रशस्तै सहयोग गर्न सकिने बताएका छन् ।

सम्मेलनमा नेपालको खस्कँदो आर्थिक वृद्धिदर, समस्या र समाधानका बारेमा डा.सुरेन्द्रराज देवकोटा, स्वास्थ्य विज्ञान र शिक्षा नीतिका बारेमा डा. केशव पौडेल, भूकम्पपछिको पुनर्निर्माणमा सहकार्य र सम्भाव्यताबारे डा. आमोद पोख्रेल, नेपाल र अमेरिकाको उच्च शिक्षाका बारेमा डा.अर्जुन बञ्जाडे, विद्युतीय संकेतको निकास बारे डा. यादव पण्डित र अमेरिकामा नेपाली आप्रवासी, चुनैति र सम्भावनाबारे डा.देशराज सोन्योकले ‘टु द प्वइन्ट-अफ द प्वइन्ट' प्रस्तुति गरेका थिए ।

विद्युतीय प्रविधिको प्रस्तुति अपनाइएको सम्मेलनमा डा. राजेन्द्र पंज्ञेनी, डा. दीपक कोइराला, दीनबन्धु भट्ट, मदन संग्रौला र किरण थापाले पनि विभिन्न विषयमा प्रस्तुति गरेका थिए ।

पूर्वमहान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडे र लेखक शिव प्रकाशले नेपालको खस्कँदो राजनीतिक अवस्था र सम्मेलनबारे प्रकाश पारेका थिए । नेपालका लागि अवैतनिक कन्सुलर जेनरल मार्भिन ए बस्ट्रिन नेपाली स्कलरको यो उत्साहलाई आफ्नो पूर्ण सहयोग रहने वचन दिए ।


उत्साही नेपाली युवा विज्ञ र वैज्ञानिकहरूको एकदिने सम्मेलनले डा. आमोद पोख्रेललाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको छ । सदस्यसचिवमा डा. अर्जुन बन्जाडे चुनिएका छन् ।

सदस्यमा कविता खरेल, जगदम्बा अधिकारी, दीनबन्धु भट्ट, डा. राजन पन्त र डा. देशराज सोन्योक चुनिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.