चार एपीसी चीनबाट सीधै सुडान लैजाने तयारी

चार एपीसी चीनबाट सीधै सुडान लैजाने तयारी

काठमाडौंः प्रहरी प्रधान कार्यालयले चारवटा आर्मोड पर्सोनेल क्यारियर (एपीसी) चीनमा खरिद गरी सीधै सुडान लैजाने तयारी गरेको छ । यसका लागि डीआईजी नेतृत्वको टोली चीन पुगेर फर्किएको छ ।

प्रहरी मुख्यालयका डीआईजी रोमेन्द्रसिंह देउजा नेतृत्वको टोली आइतबार चीन पुगेको थियो । संयुक्त राष्ट्रसंघ (यूएन) ले सुडानको मिसन फिर्ता गर्ने चेतावनी दिएपछि प्रहरी मुख्यालयलाई चार एपीसी सुडान पुर्‍याउनुपर्ने बाध्यता आइपरेको छ । सुडान खटिएको एफपीयू मिसनमा आठवटै एपीसी पठाए पनि चारवटा बिग्रिएर थन्किएपछि यूएनले पुनः चारवटा एपीसी पठाउन नेपाल प्रहरीलाई पत्राचार गरेको थियो ।

देउजाको टोलीमा एसपी नरोत्तम प्रधान, गृह मन्त्रालयका शाखा अधिकृत माधव शर्मासँगै मुख्यालयको एमटी शाखा, सञ्चार र हतियार शाखाका प्रतिनिधि सहभागी थिए । एपीसी खरिदका लागि गत वर्ष वैशाखमै प्रहरी मुख्यालयले बोलपत्र आह्वान गरेको थियो । चार कम्पनीले आवेदन दिएका थिए । लोकल एजेन्ट डाइनेस्टीमार्फत सिंगापुरको साप सर्भिस कम्पनीले एपीसीको ठेक्का पाएको थियो । साउथ सुडान र सुडानको डार्फरमा नेपाल प्रहरीको फर्म पुलिस युनिट (एफपीयू) खटिँदै आएको छ ।

झन्डै १५ करोड मूल्यको हाराहारीमा पर्ने चारवटा एपीसी सुडान पठाएपछि यूएनले शतप्रतिशत रिम्बर्समेन्ट नेपाल प्रहरीलाई तिर्नेछ । तयारी अवस्थामा रहेको एपीसी चीनबाट सीधै सुडान लैजान सुडान सरकार र यूएनको अनुमति लिनुपर्छ । त्यसका लागि प्रहरी मुख्यालयले गृह मन्त्रालयलाई आइतबार पत्र पठाएको छ । गृहले परराष्ट्र मन्त्रालयलाई यसबारे जानकारी गराएर मार्गप्रशस्त गरिदिन अनुरोध गरिसकेको छ ।

‘चारवटा एपीसी सुडान पुगेपछि यूएनले फर्काउनै लागेको एफपीयू मिसन रोकिने भयो । जसरी पनि हामीले चारवटा पठाउनुपर्ने बाध्यता छ’, डीआईजी देउजाले अन्नपूर्णसँग भने, ‘कानुनी प्रक्रिया मिलाउँदा धेरै ढिला भयो । बैंकले प्रतितपत्र खोल्न नमान्दा पनि धेरै झन्झट बेहोरियो । बल्लतल्लत एउट बैंकले मानेपछि प्रक्रिया पूरा भयो । अहिले पठाउन लागिएको एपीसी राम्रो र गुणस्तरको छ ।'

अहिले एफपीयू, इन्डिभिज्युअल र प्रोफेसनल गरी तीनवटा विधामा नेपाल प्रहरीका तीन सय ७५ जना द्वन्द्वग्रस्त मुलुकमा खटिँदै आएका छन् ।डीआईजी देउजाले पछिल्लो एपीसी खरिद प्रक्रियामा कसैले खोट लगाउने ठाउँ नभएको दाबी गरे । उनले भने, ‘सबै प्रक्रिया पुर्‍याएर खरिद गरेका छौं । पहिलेको जस्तो काण्ड दोहोरिँदैन ।'

सुडानमै एपीसी प्रकरणमा भ्रष्टाचार गरेको अभियोगमा पूर्वआईजीपी रमेशचन्द ठकुरी, ओमविक्रम राणा, हेमबहादुर गुरुङलगायत प्रहरी अधिकृत अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.