रोनाल्डोको ‘रोमान्स' चर्चा

रोनाल्डोको ‘रोमान्स' चर्चा

म्याड्रिडः आफ्नी आमाले चित्त नबुझाएपछि पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले गत वर्षको सुरुमै लामो समयदेखि प्रेमसम्बन्धमा रहेकी प्रेमिका इरिना स्याकस“ग छुट्टिएको घोषणा गरेका थिए ।

रोनाल्डो इरिनासँगको झन्डै पाँच वर्ष लामो प्रेमसम्बन्ध तोडेर सन् २०१४ को फिफा वर्ष खेलाडीको पुरस्कार थाप्न एक्लै स्विट्जरल्यान्डको जुरिच पुगेका थिए । रोनाल्डो त्यसयता एक्लै रम्दै आएका छन् । इरिनासँग सम्बन्ध तोडेपछि उनको नाम कसैसँग जोडिएको छैन ।

तर उनी बार र सामुद्रिक तटहरूमा भने विभिन्न महिलासँग ‘रोमान्स गरिरहेको समाचार र तस्बिर भने सार्वजनिक भइनै रहेका छन् ।  गत महिना फ्रान्समा सम्पन्न युरो कप फुटबलमा पोर्चुगललाई आफ्नै कप्तानीमा उपाधि दिलाएपछि लामै बिदामा रहेका रोनाल्डो हालै स्पेनको बारमा एक महिलासँग रमाइलो गरिरहेको तस्बिर सार्वजनिक भएको छ ।

रोनाल्डोले स्पेनको इबिजास्थित पाचा रात्रि क्लबको भीआईपी कोठामा ती महिलास“गै बसेर रमाइलो गरेको तस्बिर सार्वजनिक भएको छ । रोनाल्डोले एक साँझ र रात पूरै त्यही रात्रि क्लबमा ती महिलास“ग बिताएको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि ती महिलाबारे भने केही खुलाइएको छैन । स्पेनिस मिडियाले ती महिला रोनाल्डोको प्रेमिका भए नभएको पनि ठोकुवा गरेका छैनन् ।

उनी बार र सामुद्रिक तटहरुम विभिन्न महिलासँग ‘रोमान्स’ गरिरहेको समाचार र तस्बिर सार्वजनिक भई नै रहेका छन् । 

रोनाल्डो इरिनासँगको सम्बन्ध टुटेपछि प्रायः महिलासँग छोटो समयको सम्बन्धमै खुसी देखिँदै आएका छन् । गत महिना पनि रोनाल्डो दक्षिण युरोपस्थित मेडिटेरियन सामुद्रिक तटमा कोलम्बियन मोडल पाउला सुआरेजसँग रमाइलो गरिरहेको देखिएका थिए । रोनाल्डोले सुआरेजस“ग सामुद्रिक तटमै ढुंगामाथि पार्टी गरेका थिए । यद्यपि उनीहरूबीचको त्यो सम्बन्ध एक दिनको मात्रै भएको सार्वजनिक भएको थियो ।

स्पेनिस क्लब रियल म्याड्रिककी समर्थक रहेकी सुआरेज आफैंले रोनाल्डोले आफूलाई एक दिनका लागि बोलाएको बताएकी थिइन् ।
रोनाल्डो त्यसअघि गत क्रिस्टमस पर्वका बेला अर्की कोलम्बियन मोडल नाटाली रिन्कोनसँग थिए । उनीहरूले अमेरिकाको मियामीमा नया“ वर्ष र क्रिसटमस पर्वसँगै मनाएका थिए ।

त्यसपछि उनीहरू एकसाथ देखिएका छैनन् । सरोगेट मदर (भाडाको आमा) बाट एक छोरासमेत जन्माइसकेका रोनाल्डो हालसम्म अविवाहित छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.